समाज

विपी राजमार्गमा संचालन हुने सवारी साधनमा टाइमकार्ड लागू

विपी राजमार्गमा संचालन हुने सवारी साधनमा टाइमकार्ड लागू

३ कार्तिक, काठमाडौं । नेपालीहरुको महान पर्व सुरु भएसँगै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विपी राजमार्गमा संचालन हुने सवारी साधनहरुलाई टाइमकार्ड लागू गरिएको छ । केही समय यता विपी राजमार्गमा दुर्घटना बढन थालेपछि सार्वजनिक सवारीमा मात्रै लागू भएको टाइमकार्डलाई निजी सवारीमा समेत लगाउन थालिएको हो । विगतमा विपी राजमार्गको भिमानदेखि नेपालथोकसम्म लागू हुँदै आएको टाइमकार्डलाई भिमानदेखि सिन्धुलीमाढी सडकखण्डमा हटाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ। पछिल्लो समय लागू गरिएको टाइम कार्ड अनुसार सिन्धुलीमाढीदेखि खुर्कोटसम्मको ३९ किलोमिटर सडकमा ठूला यात्रुवाहक सवारीलाई एक घण्टा ३० मिनेट र साना यात्रुवाहक सवारीलाई १ घण्टा १५ मिनेटको समय राखिएको छ । उता खुर्कोट नेपालथोक ३३ किलोमिटर…
Read More
क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण

क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण

३ कात्तिक,टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो । पालिकाले यस वर्ष एक सय दुई जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । पालिकामा गत वर्ष एक सय ७६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७८र०८९ मा एक सय ६८ जना बिरामी फेला परेका थिए । पालिकाले क्षयरोग मुक्त पालिका अभियान सञ्चालन गरेपछि बिरामीको…
Read More
देशभरकाे माैसम आज कस्ताे रहला…

देशभरकाे माैसम आज कस्ताे रहला…

३ कार्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान देशको पहाडी भू-भागमा शिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेकाे महाशाखाले जनाएकाे छ।
Read More
काभ्रेमा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद

काभ्रेमा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद

३ कार्तिक, काठमाडौं । काभ्रेकाे बनेपामा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद भएको छ । उक्त चिनी इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले बरामद गरेको हो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँच गर्दा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छलेर ल्याएको ५० किलोका ९२ बोरा चिनी भेटिएको हो । चिनीसहित ट्रक र ट्रकका चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपेको ९२ बोरा चिनी अन्दाजी पाँच लाख ९८ हजार रुपैयाँ मुल्यको चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बिहीबार ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको…
Read More
श्रमदानको चलन पुनः ब्युँतिदै

श्रमदानको चलन पुनः ब्युँतिदै

३ कात्तिक,फुङ्लिङ । ताप्लेजुङमा पछिल्लो समय जनश्रमदान गर्ने चलन विकास हुँदै गएको छ । श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो । स्थानीय तहका पदाधिकारी हुँदै वडा–वडाका जनप्रतिनिधि श्रमदान गर्नमा अग्रसर हुन थालेसँगै गाउँगाउँमा भौतिक पूर्वाधारसहितका निर्माण कार्य श्रमदानमार्फत गर्न थालिएको छ । अहिले एक अर्को स्थानीयबीचमा प्रतिस्पर्धाझैँ श्रमदानमार्फत सडक, पुलपुलेसा, गोरेटो बाटो, खेलमैदान निर्माणदेखि सार्वजनिक सम्पत्ति तथा स्थलको सरसफाइलगायतका कार्य गरिँदै आएको छ । जिल्लाको मैवाखोला गाउँपालिकाले लाखौँ रुपियाँ खर्च हुनसक्ने काम पहिरो पीडितका लागि अस्याथी आवास घर निर्माणको कार्य श्रमदान गरेरै सम्पन्न गरेको छ…
Read More
बेनी अस्पताल : बिदाका दिन पनि बहिरङ्ग सेवा

बेनी अस्पताल : बिदाका दिन पनि बहिरङ्ग सेवा

३ कात्तिक, म्याग्दी । बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ जे आउनुुभएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्कनुुभयो । “दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै आएको थिए”, उहाँले भन्नुुभयो, “ओपिडिमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाए ।” बेनीमा व्यवसाय गर्दै आउनुुभएका जलजला गाउँपालिका–३ का जीवनबहादुुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दङ्ग पर्नुुभयो । “सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानुु परेन”, उहाँले भन्नुुभयो, “कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ । धेरै लाइन बस्नुु पनि…
Read More
 त्रिभुवन आर्मी क्बल र लिटिल बुद्ध उपाधीका लागि भिड्दै

 त्रिभुवन आर्मी क्बल र लिटिल बुद्ध उपाधीका लागि भिड्दै

३ कात्तिक, महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् । यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो । त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफ र बेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले रु २५ हजार…
Read More
आइसीसी विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित

आइसीसी विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित

३ कार्तिक, काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेकाे छ । भारतको पुनेमा बिहिबार राति अबेर सम्पन्न भएको दुई देशबीचको खेलमा भारतले बंगलादेशलाई पराजित गरेकाे हो । भारतको जितमा विराट कोहलीले शतकीय इनिङ्स खेलेर कीर्तिमान कायम गरेका हुन् । बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा विराटले अविजित १ सय ३ रनको शतकीय इनिङ्स खेलेकाे थिए । उनले ६ चौका र ४ छक्काको मदतले सो रन खडा गरेका हुन् । भारतले ४१ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सुरूवाती ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा…
Read More
११ औं महाधिवेशनकाे मत परिणाम सार्वजनिक भएपछि एनआरएनएमा भाड-भैलाे

११ औं महाधिवेशनकाे मत परिणाम सार्वजनिक भएपछि एनआरएनएमा भाड-भैलाे

३ कार्तिक, काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव उत्पन्न भएको छ । अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउँदै अन्य उम्मेदवारले मत परिणाम अस्वीकार गर्ने घोषणा गरेका हुन् । सिस्टम ह्याक गरेर नतिजा डा. केसीको पक्षमा पारिएको अध्यक्षका अर्का प्रत्यासद्वय आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छन् । उनीहरूले अब कानूनी प्रक्रियामा जाने समेत बताएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकी रविना थापाले समेत उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गर्नुभएको थियो । निर्वाचनमा बद्री केसी १ हजार…
Read More
बडादशैंको छैठौं दिन आज कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिंदै

बडादशैंको छैठौं दिन आज कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिंदै

३ कार्तिक, काठमाडौं । बडादशैंको छैठौं दिन शुक्रबार देवी दुर्गाका विभिन्न स्वरुप मध्ये कात्यायनीदेवी भगवतीको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन षष्टी तिथि अर्थात् दुर्गा पक्षको छैठौ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवी भगवतीको विधिपूर्वक पूजा आराधना गरिन्छ शुक्रबार कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बडादशैं शुरु भएको पहिलो दिन अर्थात घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।…
Read More
Page 85 of 452
1 … 83 84 85 86 87 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.