समाज

एक दिवसीय विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै 

एक दिवसीय विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै 

५ कार्तिक,काठमाडौं। आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएकाे छ। प्रतियोगितामा शीर्ष स्थानको न्युजिल्याण्ड र दोस्रो स्थानको भारतबीचको भिडन्तलाई निकै महत्वका साथ हेरिएको हाे। सुरुवाती चार खेलमा अपराजित न्युजिल्याण्ड र भारतको समान ८–८ अंक छ । आइतबार धर्मशालामा हुने खेलको विजेता तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । यसअघि गत शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक विजेता इंग्ल्यान्डमाथि २ सय २९ रनको फराकिलो जित हात पारेको छ । मुम्बईको वानखडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि मध्यक्रमका ब्याटर हेनरिक…
Read More
देशमा पश्चिमी वायुको आंशिक प्रभाव

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

५ कार्तिक,काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक रूपमा प्रभाव रहेको छ। आइतबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । आइतबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी…
Read More
गैर-आवासीय नेपाली संघमा विवाद चुलिंदै

गैर-आवासीय नेपाली संघमा विवाद चुलिंदै

५ कार्तिक,काठमाडौं।  गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पदबहाली गर्नुभएको छ । काठमाडौंमा भएको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केसीसहित पदाधिकारीले संघको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्। अध्यक्ष पदका उमेदवारद्वय महेश कुमार श्रेष्ठ र आरके शर्माले भने केसीको पद बहालीलाई अवैध भनेका छन् । आफैंलाई अध्यक्ष घोषणा गरी शपथ लिने काम अवैध भएको उनीहरुको दावी छ । ललितपुरमा गत शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उमेदवार महेश कुमार श्रेष्ठले तीन जना अध्यक्षहरुबीच भएको सहमति केसीले उल्लंघन गरेको आरोप पनि लगाउनुभयो । निर्वाचनमा भएका अनियमतिताको छानविन गर्न प्राविधिक विज्ञ रहेको तीन सदस्यीय छानविन समिति गठन गर्न गत शुक्रबार भएको…
Read More
इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव काठमाडौं आइपुग्याे

इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव काठमाडौं आइपुग्याे

५ कार्तिक,काठमाडौं। इजरायलमा हमास समूहले गरेको आक्रमणमा मृत्यु भएका १० जनामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका ४ वटा शवको कानूनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू नेपाल पठाएको हो । पहिलो चरणमा नेपाल पठाइएको शव मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने जनाइएको छ । गत असोज २० गते इजरायलकाे गाजामा हमास समूहको आक्रमणमा परेर१० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । अन्य बाँकी ६ जना  नेपालीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गरिरहेको दूतावासले जनाएको छ । साेही शवहरू…
Read More
बडादशैंको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिंदै 

बडादशैंको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिंदै 

५ कार्तिक, काठमाडौं। बडादशैंको आठौं दिन आइतबार दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा आराधना गरिंदैछ। आश्विन शुक्ल अष्टमीको दिन मनाइने महाअष्टमीमा नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा गर्दछन् । महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । शिव भगवानकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । दुर्गा भवानीको पूजाका लागि नवरात्रीको अष्टमीले विशेष महत्व राख्दछ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । शास्त्र सम्मत रूपमा दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा मध्यराति दशैंघर तथा शक्तिपीठमा कालरात्रि गर्ने गरिन्छ । यस दिन शक्तिपीठहरुमा पशुबलि दिनेहरुको भीड लाग्दछ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु भद्रकाली, गुह्येश्वरी, नक्साल भगवती, मैतीदेवी, शोभा भगवती, कालिकास्थान,…
Read More
धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गयाे

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गयाे

५ कार्तिक,काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे ।  भूकम्पबाट क्षति भए नभएको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट र कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । आइतबार बिहान ठूलो धक्कासहित भूकम्प गएपछि राजधानीका सर्वसाधारण घरबाहिर समेत  निस्केका थिए ।
Read More
उपत्यकामा जुवा र हुन्डी फस्टायो, क्यासिनोलाई उन्मुक्ति

उपत्यकामा जुवा र हुन्डी फस्टायो, क्यासिनोलाई उन्मुक्ति

काठमाडौं । दशैं सुरू भएसँगै काठमाडौं उपत्यकामा जुवा र हुन्डी जस्ता आर्थिक अपराध मौलाएका छन् । नियामक निकायहरू कमजोर हुँदा आर्थिक अपराध बढेका हुन् । काठमाडौंका क्यासिनोहरुमा यतीबेला जुवाडेको भिड लागेको छ । क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध छ । तर, भारतीय रासनकार्ड बनाएर नेपालीहरूलाई जुवा खेलाउने गरिएको छ । जसमा प्रहरीसम्म पनि सेटिङ रहेको स्रोत बताउँछ । जसकारण प्रहरीले कुनै पनि क्यासिनोमा छापा हानेको छैन । सबैभन्दा धेरै नेपाली मेरियट होटलमा रहेको डेल्टन क्यासिनोमा छिर्ने गर्दछन् । जहाँ दैनिक १५–२० जना पेशेवेर जुवाडे जाने गरेको स्रोत बताउँछ । त्यहाँ नेपालीहरुले समेत टेबुल लिएर जुवा खेलाउँदै आएका छन् । सुन…
Read More
‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने पक्राउ

‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने पक्राउ

बारा । आफू ‘पत्रकार हुँ’ भन्दै पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेका छन् । उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको आरोप छ । साथै यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Read More
छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम

छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम

३ कात्तिक, धादिङ। छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम प्रथम भएको छ । धादिङस्थित ६ नं वैरेनी ब्यारेकमा ६ दशमलव ५ किलोमिटर दौड, २६ किलोमिटर साइकलिङ र ११ किलोमिटर र्‍याफ्टिङ प्रतियोगिता भएको थियो । उक्त खेलको तीन वटा चरण (दौड, साइकलिङ र ¥याफ्टिङ) पार गर्दै त्रिभुवन आर्मी क्लब ए टिम विजय भएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लब बि टिम दोस्रो भएको छ । तेस्रोमा इन्डियन आर्मी ए टिम रहेको छ । त्यस्तै इन्डियन आर्मी बि टिम चौथो भएको छ भने एमटिबी स्टार पाँचौँ भएको छ । महिलातर्फ नेपाल आर्मी महिला टिम पहिलो भएको छ…
Read More
आँबुखैरेनीमा पढ्दै, कमाउँदै : कुखुरापालनमा विद्यार्थी रमाउँदै

आँबुखैरेनीमा पढ्दै, कमाउँदै : कुखुरापालनमा विद्यार्थी रमाउँदै

३ कात्तिक,तनहुँ । आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले जानकारी दिनुभयो । सुरुमा कुखुराका चल्ला र दाना खरिदमा करिब रु एक लाख ३५ हजार खर्च भएको छ । खर्च कटाएर रु ३० देखि ४० हजारसम्म मुनाफा लिन सकिने योजना रहेको उहाँले बताउनुभयो । “विद्यालयमा हाल एक सय २५ विद्यार्थी अध्ययनरत…
Read More
Page 84 of 452
1 … 82 83 84 85 86 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.