इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव काठमाडौं आइपुग्याे
५ कार्तिक,काठमाडौं। इजरायलमा हमास समूहले गरेको आक्रमणमा मृत्यु भएका १० जनामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ ।
इजरायल सरकारले पहिचान भएका ४ वटा शवको कानूनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू नेपाल पठाएको हो । पहिलो चरणमा नेपाल पठाइएको शव मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने जनाइएको छ ।
गत असोज २० गते इजरायलकाे गाजामा हमास समूहको आक्रमणमा परेर१० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । अन्य बाँकी ६ जना नेपालीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गरिरहेको दूतावासले जनाएको छ । साेही शवहरू आइतबार नै नेपाली सेनाको हेलिकाेप्टरबाट धनगढी लैजाने तयारी गरिएको छ ।
Facebook Comments Box