शव

जनकपुरमा एक युवककाे शव फेला

जनकपुरमा एक युवककाे शव फेला

९ कार्तिक, काठमाडौं। जनकपुरमा एक युवकको शव बिहीबार फेला परेको छ । बिहीबार बिहान  जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव मृत अवस्थामा फेला परेको हो । मृतक युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । मुखमा रगत देखिएको र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको प्रहरीले बताएकाे छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको पनि कार्यालयले जनाएकाे छ। साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ।
Read More
इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव काठमाडौं आइपुग्याे

इजरायलमा हमासकाे आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव काठमाडौं आइपुग्याे

५ कार्तिक,काठमाडौं। इजरायलमा हमास समूहले गरेको आक्रमणमा मृत्यु भएका १० जनामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका ४ वटा शवको कानूनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू नेपाल पठाएको हो । पहिलो चरणमा नेपाल पठाइएको शव मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विस्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने जनाइएको छ । गत असोज २० गते इजरायलकाे गाजामा हमास समूहको आक्रमणमा परेर१० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । अन्य बाँकी ६ जना  नेपालीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गरिरहेको दूतावासले जनाएको छ । साेही शवहरू…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.