Share Icon

९ कार्तिक, काठमाडौं। जनकपुरमा एक युवकको शव बिहीबार फेला परेको छ ।

बिहीबार बिहान  जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव मृत अवस्थामा फेला परेको हो । मृतक युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

मुखमा रगत देखिएको र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको प्रहरीले बताएकाे छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको पनि कार्यालयले जनाएकाे छ।

साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ।

Facebook Comments Box

Share Icon