जनकपुरमा एक युवककाे शव फेला

Share Icon

९ कार्तिक, काठमाडौं। जनकपुरमा एक युवकको शव बिहीबार फेला परेको छ ।

बिहीबार बिहान  जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव मृत अवस्थामा फेला परेको हो । मृतक युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

मुखमा रगत देखिएको र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको प्रहरीले बताएकाे छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको पनि कार्यालयले जनाएकाे छ।

साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.