बडादशैंको आठौं दिन

बडादशैंको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिंदै 

बडादशैंको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिंदै 

५ कार्तिक, काठमाडौं। बडादशैंको आठौं दिन आइतबार दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा आराधना गरिंदैछ। आश्विन शुक्ल अष्टमीको दिन मनाइने महाअष्टमीमा नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको रुपमा महागौरी देवीको विशेष पूजा गर्दछन् । महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । शिव भगवानकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ । दुर्गा भवानीको पूजाका लागि नवरात्रीको अष्टमीले विशेष महत्व राख्दछ । महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ । शास्त्र सम्मत रूपमा दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा मध्यराति दशैंघर तथा शक्तिपीठमा कालरात्रि गर्ने गरिन्छ । यस दिन शक्तिपीठहरुमा पशुबलि दिनेहरुको भीड लाग्दछ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु भद्रकाली, गुह्येश्वरी, नक्साल भगवती, मैतीदेवी, शोभा भगवती, कालिकास्थान,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.