गैर-आवासीय नेपाली संघमा विवाद चुलिंदै
५ कार्तिक,काठमाडौं। गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पदबहाली गर्नुभएको छ । काठमाडौंमा भएको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केसीसहित पदाधिकारीले संघको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन्। अध्यक्ष पदका उमेदवारद्वय महेश कुमार श्रेष्ठ र आरके शर्माले भने केसीको पद बहालीलाई अवैध भनेका छन् । आफैंलाई अध्यक्ष घोषणा गरी शपथ लिने काम अवैध भएको उनीहरुको दावी छ । ललितपुरमा गत शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उमेदवार महेश कुमार श्रेष्ठले तीन जना अध्यक्षहरुबीच भएको सहमति केसीले उल्लंघन गरेको आरोप पनि लगाउनुभयो । निर्वाचनमा भएका अनियमतिताको छानविन गर्न प्राविधिक विज्ञ रहेको तीन सदस्यीय छानविन समिति गठन गर्न गत शुक्रबार भएको…
