Share Icon

१ कार्तिक, काठमाडौं । पनौतीमा बुधबार इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा बुधबार भएको इलेक्ट्रिक गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका-१२ की २० वर्षीय रमिला बुढाथोकीको मृत्यु भएको हो। गम्भीर घाइते रमिलाको ​उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । काठमाडौंबाट रामेछाप जाँदै गरेको इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि भाग्ने क्रममा सडकको नालीमा खसेको प्रहरीले बताएकाे छ ।

गाडीका चालक काभ्रेपलाञ्चोक पनौती नगरपालिका-५ का ४१ वर्षीय उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

Facebook Comments Box

Share Icon