चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दैः अध्यक्ष तामाङ
१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गंगाजमुना गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा बल बहादुर तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय धादिङ जिल्ला स्थीत गंगाजमुना गाउँपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ स्थानीय…
