शिक्षा, स्वास्थ्य र बाटोलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष क्षेत्री
♣हस्ता विष्ट ३० फागुन, काठमाडाैँ । तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम " म्याग्दे '' कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो ' म्याग्दे' । छाङ्ग, मनपाङ्ग र जामुने तीनै वटा गाविसको एउटा उर्वर भूमि वा फाँटको नाम हो म्याग्दे, यसैकारण यस गाउँपालिकाको नाम ' म्याग्दे ' गाउँपालिका राखिएको हो भन्ने अनुमान लगाउन सकिन्छ । नेपालको संविधान…
