समाज

बडादशैंको चौथो दिन आज पनि मान्यजनबाट टिका र जमरा लगाउने क्रम जारी

बडादशैंको चौथो दिन आज पनि मान्यजनबाट टिका र जमरा लगाउने क्रम जारी

१० कात्तिक, काठमाडौं । विजया दशमीको चौथो दिन आज पनि आफन्त तथा मान्यजनबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टिका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने परम्परा छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र टिका लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैं मनाइँदै आएको छ । कोजाग्रत पूर्णिमाका दिन भोलि रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि…
Read More
बाख्रालाई आधुनिक खोर

बाख्रालाई आधुनिक खोर

९ कात्तिक,बलेवा (बागलुङ)। जैमनी नगरपालिका–१० राङखानीकी अस्मिता रानाले ३० बाख्रा पाल्नुभएको छ । सफा र आधुनिक खोर हुँदा बाख्रा स्वस्थ्य र मोटा छन् । अग्लो खोर भएकोले मल निकाल्न पनि सजिलो छ । छ फिट अग्लो गोठमाथि काठले बारेको आधुनिक खोर बनाएर पाल्दा उत्पादन राम्रो भएको उहाँको भनाइ छ । खोरभित्र मल जम्मा नहुने, हावा खेल्ने र पाठापाठी, माउ र बोकाको छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्थापन गर्दा उहाँका बाख्रा मोटा र खाइलाग्दा पनि देखिएका हुन् । चार वर्षअघिसम्म उहाँले पाँच÷सात मात्रै बाख्रा पाल्नुहुन्थ्यो । अहिले आधुनिक खोरमा सङ्ख्या पनि बढाउनुभयो । लगानी बढाउँदा उहाँको आम्दानी पनि बढेको छ । राङखानीकै यामबहादुर…
Read More
नेपाल भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य : आचार्य बालकृष्ण

नेपाल भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य : आचार्य बालकृष्ण

९ कात्तिक,लुम्बिनी । भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताउनुभएको छ । आज बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुग्नुभएका उहाँले भन्नुभयो “नेपालका कुनैपनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुइ देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।” रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर जोड्ने लुम्बिनी केबलकारमार्फत् आज बिहान बसन्तपुर पुग्नुभएका उहाँले त्यहाँस्थित कामाख्या भगवतीको पूजाअर्चना गर्नुभएको थियो । पूजाआजापछि नेपाल र भारतका पत्रकारसँगको अन्तरक्रियामा उहाँले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज र उत्कृष्ट गन्तव्य…
Read More
“वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाैडेल अहोरात्र खटिरहनुभएको छ ”

“वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाैडेल अहोरात्र खटिरहनुभएको छ ”

८ कात्तिक, काठमाडाैँ । नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं.२०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलाई समेटेर बनाएको हो । लमजुङ जिल्लाका ३ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू(भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर,…
Read More
विश्वकप क्रिकेटमा आज अस्तित्व रक्षाका लागि इंगल्याण्ड र श्रीलंका भिड्दै

विश्वकप क्रिकेटमा आज अस्तित्व रक्षाका लागि इंगल्याण्ड र श्रीलंका भिड्दै

९ कार्तिक, काठमाडौं। आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँचौं चरणको अन्तिम खेल बिहीबार हुने भएकाे छ। साेही खेलमा एकदिवसीय विश्वकपको पूर्वविजेता श्रीलंकार इंगल्याण्डबीच भिडन्त हुने भएकाे हाे ।  खेल बेंगलौरको एम. चिन्नस्वामी स्टेडियममा नेपाली समयअनुसार बिहीबार दिउँसो २ः१५ बजे सुरु हुने भएकाे छ । सन् १९९६ को विजेता श्रीलंका र साविक विजेता इंगल्याण्ड बिहीबार जारी विश्वकपमा आफ्नो अस्तित्व रक्षाका लागि भिड्ने भएका छन् । किन भने जारी विश्वकपमा हालसम्म चार खेल खेलिसकेका यी दुवै टोलीले एक-एक जित मात्र हात पार्न सकेका छन् । यी दुवै टोली तीन—तीन खेलमा पराजित भइसकेका छन् । श्रीलंका दुई अङ्कसहित तालिकाको सातौं र समान अङ्क बटुलेको…
Read More
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

९ कार्तिक, काठमाडौं। मलेसियामा यूएईलाई पराजित गर्दै एसीसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली बिहीबार काठमाडौं फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एशाेसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले फूलमाला र खादा लगाइदिएर स्वागत गरेका हुन् । विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक जगत टमाटाले यु-१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने बताएका छन्। भविष्यमा उनीहरुको राम्रो संकेत देखिएको बताउँदै उनले भने ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो ।’ उनीहरुले राम्रो मिहिनेत गरिरहेको…
Read More
जनकपुरमा एक युवककाे शव फेला

जनकपुरमा एक युवककाे शव फेला

९ कार्तिक, काठमाडौं। जनकपुरमा एक युवकको शव बिहीबार फेला परेको छ । बिहीबार बिहान  जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव मृत अवस्थामा फेला परेको हो । मृतक युवकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । मुखमा रगत देखिएको र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको प्रहरीले बताएकाे छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको पनि कार्यालयले जनाएकाे छ। साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ।
Read More
तल्लो सेती जलविद्युत् आयोजना : लगानीका लागि सहजीकरण गरिदिन पत्राचार

तल्लो सेती जलविद्युत् आयोजना : लगानीका लागि सहजीकरण गरिदिन पत्राचार

९ कात्तिक,दमौली । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिइएको हो । एकसय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको सो हाइड्रोपावर लिमिटेडले १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया सुरुआत गरेको छ । कम्पनीले निर्माण गर्न लागेको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन प्रतिवेदन गत असोज २ गते विद्युत् विकास विभागमा बुझाएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले…
Read More
सामान्यतया आज माैसम सफा रहने

सामान्यतया आज माैसम सफा रहने

९ कार्तिक, काठमाडौं। हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे हाे । बिहीबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने  हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने  मौसम…
Read More
स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

९ कात्तिक, मकवानपुर । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उहाँको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उहाँकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो । उहाँका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक…
Read More
Page 79 of 452
1 … 77 78 79 80 81 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.