समाज

नेकपा क्रान्तिकारीका प्रवक्ता बाँस्तोला ९ दिनदेखि हिरासतमा

नेकपा क्रान्तिकारीका प्रवक्ता बाँस्तोला ९ दिनदेखि हिरासतमा

१० कार्तिक,काठमाडौं । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोला ९ दिनदेखि प्रहरी हिरासतमा हुनुहुन्छ।  प्रवक्ता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उहाँलाइ दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएकाे हाे। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत यहि कार्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको प्रवक्ता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दशैं मनाउन सुर्खेत जानेक्रममा प्रवक्ता बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिंदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।
Read More
यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् । टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक बनाएपछि थप एक बलको सामना गरेका उनी आउट भए ।
Read More
बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

१० कात्तिक,दमौली। वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी थापेर तर्नुको विकल्प थिएन तर अहिले पक्की पुल निर्माण भएपछि सो समस्या समाधान भएको छ । दुई पालिकालाई जोडेको सो पक्की पुलले यस भेगका हजारौं सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल निर्माणसँगै जीवनस्तर सहज हुनेमा स्थानीयवासी खुसी छन् । “पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भयो,” स्थानीयवासी इमानबहादुर थापाले भन्नुभयो । “खोला तर्र्न बनाइएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिने गरेको थियो,” उहाँले भन्नुभयो, “खोला उर्लिदा सवारीसाधन चल्दैन थियो…
Read More
देशभरकाे माैसम आज कस्ताे रहला…

देशभरकाे माैसम आज कस्ताे रहला…

१० कार्तिक,काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान देशको पहाडी भू-भागमाभने आंशिक बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै,  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा…
Read More
एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’

एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’

१० कात्तिक,तनहुँ ।जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार आठ सय चालिस बिरुवा लगाइएको हो । कृषकलाई ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा बताउनुहुन्छ। उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो । फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्षदेखि यसको बिरुवा उत्पादन…
Read More
आइसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड पराजित

आइसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड पराजित

१० कार्तिक,काठमाडौं। भारतमा जारी आइसीसी विश्वकप क्रिकेट २०२३ मा श्रीलंकाले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । बिहिबार भारतको बेंगलोरस्थित केएम.चिन्नास्वामी रंगशालामा भएको खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । यसले श्रीलंकाको सेमिफाइनल प्रवेशको आफ्नो झिनो सम्भावनालाई जीवित राखेको छ । इंग्ल्याण्डको सम्भावना लगभग समाप्त हुने संघारमा पुगेको छ । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३३.२ ओभरमा १ सय ५६ रनसम्म मात्र बनाएको थियो। जवाफमा श्रीलंकाले २५.४ ओभरमा दुई विकेट गुमाएर १ सय ६० रन बनाएकाे थियाे ।
Read More
सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

–वासुदेव पौडेल १० कात्तिक, गण्डकी। सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन् । कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि विकासलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले यहाँका कृषकको व्यावसायिकतामा सहयोग पुु¥याउने गरी सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइसकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो । “किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ हामीले सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा…
Read More
दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

१० कात्तिक, भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका…
Read More
श्रीमानले प्रहार गरेकोे चिर्पट लागेर श्रीमतीको मृत्यु

श्रीमानले प्रहार गरेकोे चिर्पट लागेर श्रीमतीको मृत्यु

१० कात्तिक,खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्ले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमान्लाई गए राति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद…
Read More
सकियो दशैं बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

सकियो दशैं बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

१०कात्तिक, काठमाडौं । दशैंका लागि बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि देखि खुल्ने भएका छन् । ६ दिने दशैं बिदा सकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म ६ दिन सार्वजनिक विदा रहेको थियो । दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ । दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा दशैं विदाको अन्त्यसँगै चहलपहल बढेको छ । आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् । आज १० बजे कार्यालय आउनेहरु हिजो बिहिबार नै गन्तब्यमा पुगिसकेका छन् । विशेष गरी बसाईसराई,नोकरी र अध्यन लगायत विभिन्न सिलसिलामा आफ्नो पुख्र्यौली थलो बाहिर…
Read More
Page 78 of 452
1 … 76 77 78 79 80 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.