रसुवाका ग्रामीण सडक खुला
९ कात्तिक, रसुवा । वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो । नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिकाअन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ । स्काभेटरको सहायताले वर्षायाममा सडक सतहमा रहेका लेदो र ढुङ्गा हटाउनुका साथै खाल्टाखुल्टीसमेत पुरेर सवारी साधन सञ्चालन गराइएको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिनुभयो । आम भञ्ज्याङ, धुसेनी, भोर्ले, कप्थलीटार, पारच्याङ, यार्सा, सरमथली, पाटिखर्क, लाङ्वु, लोकिललगायत क्षेत्रका ग्रामीण सडकमा सवारी साधन ओहोरदोहोर भइसकेको छ ।…
