अटो दुर्घटना

मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना  घाइते

मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते

९ कार्तिक, काठमाडौं। मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनामा मकवानपुर गढी-७ सुकौराकी २३ वर्षीय मनिता मोक्तान, उनकी दुई महिनाकी छोरी जानुका जिम्बा, मकवानपुर गढी-७ का कृष्णबहादुर योञ्जन, उनकी छोरी ८ वर्षीय सारोक्षा योञ्जन, २६ वर्षीय दिलमाया योञ्जन, हिरामाया योञ्जनर र  विकाश योञ्जन मुक्तान घाइते छन् । घाइते मध्ये मनिताको छाति र बायाँ हातमा चोट लागेको छ भने उनकी दुई महिने छोरीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेकाे प्रहरीकाे भनाइ छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.