समाज

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।
Read More
नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

नेपालले सिङ्गापुरविरुद्ध बलिङ गर्दै

१३ कात्तिक,काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्र्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा अहिले भएको टसमा सिङ्गापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपाललले अब पहिला फिल्डिङ गर्ने भएको हो । नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको छ । त्यस्तै नेपाल सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगिताको उद्घाटनमा सुखद् सुरुआत गर्न चाहन्छ । यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द…
Read More
आईडीएफ र हिजबुल्लाहबीच भिडन्तमा नेपाली शान्ति सैनिक घाइते

आईडीएफ र हिजबुल्लाहबीच भिडन्तमा नेपाली शान्ति सैनिक घाइते

१२ कात्तिक, काठमाडौं । इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएका छन् । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर सामान्य घाइते भएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार इजरायल र लेबनानको सीमाक्षेत्रमा दुई पक्षबीचको युद्धका क्रममा नेपाली शान्ति सैनिकको फौज बसेको बंकरमा खसेको पुष्टि भइनसकेको हतियारको छर्रा लाग्दा एकजना घाइते भएका हुन् । स्थानीय समयअनुसार शनिबार राति करिब १० बजेको समयमा उक्त घटना भएको उनको भनाइ छ । ‘बंकरमा खसेको सेल कुन हतियारको हो…
Read More
साथीको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

साथीको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

१२ कार्तिक,काठमाडौं। साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका-६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । यहि कार्तिक १० मा इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको छ । जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु…
Read More
देशका हिमाली भू-भागमा आज हिमपातकाे सम्भावना

देशका हिमाली भू-भागमा आज हिमपातकाे सम्भावना

१२ कार्तिक,काठमाडौं। हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार  बिहान मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । साथै  बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहेको माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ। आइतबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबार राति भने देशभर आंशिक बदलीदेखि…
Read More
विचार : संयुक्त राष्ट्रसङ्घमा नेपाल

विचार : संयुक्त राष्ट्रसङ्घमा नेपाल

डा जयराज आचार्य १२ कात्तिक,काठमाडौँ । प्रथम र द्वितीय विश्वयुद्धमा झण्डै १० करोड मानिस मारिएको र खर्बौं डलर बराबरको भौतिक क्षति भएको पृष्ठभूमिमा सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो । आफ्नो विधानको प्रस्तावना वाक्यबाट त्यस विश्व संस्थाको चार प्रमुख उद्देश्य स्पष्ट पारिएको छ । ती हुन्– विश्वशान्ति, मानवअधिकारको संरक्षण, अन्तरराष्ट्रिय कानुनको पालना र स्वतन्त्र वातावरणमा मानवजातिको आर्थिक–सामाजिक विकास । नेपाल सन् १९४५ मा नै सनफ्रान्सिस्को सम्मेलनमा भाग लिएर संयुक्त राष्ट्रसङ्घको संस्थापक सदस्य बन्नसक्थ्यो । किनकि नेपाल प्रथम र द्वितीय विश्वयुद्धमा स्वतन्त्र राष्ट्रका रूपमा विजयी पक्षबाट लडेको थियो । तर तत्कालीन नेपालका शासकहरूले के सोचे वा सोच्दै सोचेनन् नेपालले…
Read More
विश्वकपमा अष्ट्रेलियाद्वारा न्युजिल्याण्ड पराजित

विश्वकपमा अष्ट्रेलियाद्वारा न्युजिल्याण्ड पराजित

काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डमाथि अष्ट्रेलियाले पाँच रनको रोमाञ्चक जित निकालेको छ । भारतको धर्मशालामा हिजो भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय ८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो । जेम्स निसमले आक्रामक पारी खेल्दै न्यूजिल्याण्डलाई जित नजिक पु¥याएका थिए । अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको अवस्थामा अन्तिम बल खेल्नुअघि निसम ५८ रन बनाएर आउट भए । अन्तिम बलमा छक्का चाहिएको थियो । तर लोकी फर्गुसनले रन जोड्न नसकेपछि न्युजिल्याण्ड पाँच रनले पराजित भयो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ट्राभिस हेडको १०९ रनको…
Read More
इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको शानदार जित

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको शानदार जित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ५–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन एडि एन्केतियाले ह्याट्रिक गर्दा फाबियो भियरा र तोमियासुले एक एक गोल थपे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सी भने पराजित भएको छ । खराब लयबाट गुज्रिरहेको चेल्सीलाई गएराति ब्रेन्टफोर्डले २–० ले हराएको हो । गएराति भएको अर्को खेलमा बर्नमाउथले बर्न्लेलाई २–१ ले पराजित गर्दा वुल्भरह्याम्पटन वान्डरर्स र न्युकासल युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् ।
Read More
राष्ट्र संघका महासचिव गुटेरेसले आज राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतालाई भेट्दै

राष्ट्र संघका महासचिव गुटेरेसले आज राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेतालाई भेट्दै

१२ कार्तिक,काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार चार दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा आइतबार बिहान १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकाे हाे । महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गर्नुभएको हाे। उहाँले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग उहाँकै कार्यालयमा शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै,आइतबार नै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संघीय संसद भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरि उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठका साथै…
Read More
Page 76 of 452
1 … 74 75 76 77 78 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.