नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
९ कार्तिक, काठमाडौं। मलेसियामा यूएईलाई पराजित गर्दै एसीसी यु-१९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली बिहीबार काठमाडौं फर्किएको छ । क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एशाेसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले फूलमाला र खादा लगाइदिएर स्वागत गरेका हुन् । विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक जगत टमाटाले यु-१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने बताएका छन्। भविष्यमा उनीहरुको राम्रो संकेत देखिएको बताउँदै उनले भने ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो ।’ उनीहरुले राम्रो मिहिनेत गरिरहेको…
