स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते
९ कात्तिक, मकवानपुर । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उहाँको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उहाँकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।
उहाँका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।
Facebook Comments Box
Related posts:
फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु
अहिलेको व्यवस्थालाई पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिँदैछ : सांसद कार्की
वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष पाण्डे
‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’
भक्तपुरकाे खरिपाटीमा रहेकाे ‘नियाना मन्टेश्वरी’ अभिभावककाे राेजाइमा, यस्ता छन् राेजाइमा पर्नुका कारण