Share Icon

९ कार्तिक, काठमाडौं। हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। साथै  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे हाे ।

बिहीबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने  हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon