श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सव २०७९ मा असी लाख सङ्कलन

Share Icon

१ चैत,भक्तपुर । पहिलो पटक आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९’ आज सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेदेखि सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट रु ८९ लाख सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिनुभयो ।

दैनिक १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको महोत्सवमा नेपालका ७७ वटै जिल्ला र भारतका बिभिन्न प्रान्त एवं अमेरिकाबाट समेत आएका भक्तजनको सहभागिता रहेकोे उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा जगतगुरु सूर्यनारायणले मन्दिरको गजुर प्रतिस्थापन एवं मन्दिर उद्घाटन गर्नुभएको थियोे । महोत्सवमा करिब रु ६० लाख खर्च भएको सचिव कार्कीले जानकारी दिनुभयो ।

महोतसव मूल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले आध्यात्मिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन महोत्सवका रुपमा यो महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

महोत्सवमा दैनिक पूजा, आरती, योग, ध्यान, पाठ पारायण, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती र सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

महोत्सव अवधिभरमा विशेष कार्यक्रमअन्तर्गत दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी, सम्मान, रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण गरिएको उहाँले बताउनु भयो ।

सङ्कलन भएको रकमलाई अक्षयकोषमा राखिने बताउँदै समितिका अध्यक्ष न्यौपानेले श्रीकृष्ण प्रणामी सेवा समितिले इटहरिमा सञ्चालन गरेको ४५ शय्याको प्राणनाथ अस्पताल, संस्कृत विद्यालय र चाहविलमा रहेको राधाकृष्ण सेवा संस्कृत पाठशालाका अनाथ तथा असाहय बालबालिकाको शिक्षादीक्षामा खर्च गरिने बताउनुभयो ।

विसं २०५७ मा उक्त मन्दिर निर्माण भई आध्यात्मिक कार्यक्रम सञ्चालन हुनाका साथै अनाथ बालबालिका तथा वृद्धवृद्धाहरूको संरक्षण पठनपाठन एवम् भरणपोषण हुँदै आइरहेको छ ।

नेपालमा छाता संस्थाका रूपमा रहेको उक्त समितिको मुलुकभर दुई सय ५१ शाखाले आध्यात्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

शाकाहारी र स्वास्थ्यको महत्वबारे प्रवचन, अहिंसाका लागि जनचेतना जगाउने, हिन्दू धर्मको मठ–मन्दिर संरक्षण र प्रवद्र्धधनमा जोड दिने, वृद्धवृद्धाको संरक्षण गर्ने, अनाथ बालबालिकालाई शिक्षादीक्षामा दिने, ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरलाई धार्मिक पर्यटनसँग जोड्ने र दुव्र्यसनमुक्त समाज निर्माणमा जोड दिने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.