विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष कुशवाहाले एक वर्षमा के-के काम गरे ?
काठमाडाैं । बाराकाे आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ काे कार्यालयले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेको विकासको कामको जानकारी गराएको छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट हरिनारायण प्रसाद कुशवाहा वडा अध्यक्षको जिम्मेवारीमा हुनुहहुन्छ। वडा नम्बर ८ का वडा अध्यक्ष कुशवाहा विकास प्रेमी नेताका रुपमा परिचित हुनुहहुन्छ। युवा जोशजाँगरका साथ आफ्नो वडाको समग्र विकासमा अग्रसर हुने वडाअध्यक्ष कुशवाहा वडाको विकास, समस्या समाधान तथा सेवा प्रवाहमा उतिक्कै निर्पूण हुनुहुन्छ। वडा अध्यक्ष कुशवाहाको यही लगनशिलता, दक्षता र कार्यकुशलताले उनी वडाका हरेक गतिविधिमा आफू र आफ्नो टिमलाई खरोरुपमा उतार्ने गर्नुभएकाे छ। वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै…
