समाज

माैरी पालनलाई व्यवसायमय बनाउनकाे लागि माैरी पकेट निमार्ण गर्दै वडा अध्यक्ष तामाङ

माैरी पालनलाई व्यवसायमय बनाउनकाे लागि माैरी पकेट निमार्ण गर्दै वडा अध्यक्ष तामाङ

२४ असाेज, काठमाडाैँ । दोर्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । वि.स.२०७३ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागु गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको ९१(८० वडाहरु¸ भार्ते¸ अर्चलबोट¸ श्रीमञ्जाङ¸ नौथर¸ पाचोक¸ ढोडेनी¸ फलेनी र बन्सार गाउँ विकास समितिहरुलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो । दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८¸३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दुधपोखरी गाउँपालिका¸ पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका¸ उत्तरमा मर्स्याङ्दी गाउँपालिका रहेका छन् । जैविक विविधताले भरिपूर्ण यो गाउँपालिका¸ समुन्द्र…
Read More
अभियुक्त ढकाललाई आममाफी दिने निर्णय विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै

अभियुक्त ढकाललाई आममाफी दिने निर्णय विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै

२५, असाेज, काठमाडौं । नेपालगञ्जका चेतन मानन्धर हत्याको ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल (रिगल) को कैद मिनाहाविरुद्ध सर्वोच्चमा दायर रिटमा बिहीबार सुनुवाई हुँदैछ । रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई हुन लागेको हो । एक साताअघि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाई गरेको थियो । कानून व्यवसायीहरूले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिन सक्ने भन्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि नै प्रश्न उठाएका थिए । सुनुवाईमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो । रिगलसहितको समूहले २०७२…
Read More
विश्वकप फुटबल छनाेटमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै

विश्वकप फुटबल छनाेटमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै

२५ असाेज, काठमाडौं । विश्वकप फुटबल छनाेटको प्रारिम्भक चरणको खेलमा बिहीबार नेपालले लोओससँग प्रतिस्पर्धा गर्ने भएकाे छ। नेपाल र लाओसबीचको खेल बिहीबार साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएकाे हाे । खेलको लागि नेपाली टोली तयार रहेको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो र कप्तान किरण चेम्जोङको दावी छ । छनाेट चरणको दोस्रो खेल आगामी मंगलबार लाओसमा हुने भएकाे छ । यस चरणको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणदेखिका खेलहरु भने समूह चरणको ढाँचामा हुनेछन् । सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्तरुपले आयोजना गर्न लागेको विश्वकपको लाग एशियाली छनाेट सुरु भएको हो । विश्वकपको आगामी…
Read More
क्रिकेटर सन्दीप विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै

क्रिकेटर सन्दीप विरूद्धको मुद्दाको आज सुनुवाई हुँदै

२५ असाेज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको  बिहीबार सुनुवाई हुँदैछ । असोजमा दुई पटक पेशी चढे पनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शिघ्र सुनुवाई (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाई (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिट्टो कारबाही किनारा गर्नु भनि आदेश दिएको थियो । उक्त आदेश दिएको ७ महिना पूरा हुँदा समेत जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।
Read More
इजरायलमा अलपत्र परेका २ सय ५४ जना  विद्यार्थीलाई आज नेपाल ल्याइँदै

इजरायलमा अलपत्र परेका २ सय ५४ जना  विद्यार्थीलाई आज नेपाल ल्याइँदै

२५ असाेज, काठमाडौं । सरकारले इजरायलमा हमासले गरेको आक्रमणका कारण  २ सय ५४ जना नेपाली विद्यार्थीलाई बिहीबार राति नेपाल ल्याउने भएकाे छ। इजरायलमा हमासले गरेको आक्रमणका कारण स्वदेश फर्कन चाहेका  पहिलाे चरणमा २ सय ५४ जना नेपाली विद्यार्थीलाई सरकारले नेपाल ल्याउने भएकाे हाे । विद्यार्थीलाई लिएर जहाज बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । स्वदेश फर्किन चाहनेको संख्या  धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने र त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने इरानस्थित नेपाली दूतावासले जानकारी दिएको छ । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हाे । नेपाली विद्यार्थीको उद्धारका लागि निगमको जहाज बिहीबार…
Read More
देशका केही स्थानमा दिउँसाे र राति वर्षा हुने

देशका केही स्थानमा दिउँसाे र राति वर्षा हुने

२५ असाेज, काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्ये भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ। त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेश, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएकाे छ।
Read More
भारतीय सहयोगमा बनेको महेन्द्र माविको भवन हस्तान्तरण

भारतीय सहयोगमा बनेको महेन्द्र माविको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो भवन हस्तान्तरण गरिएको हो। भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति काठमाडौँ प्रमुख सन्तोष बुढाथोकीले आज (बुधबार) संयुक्त रूपमा उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। भारतले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौता अनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’…
Read More
चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी भइरहेकाे प्रहरी खुलासा

चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी भइरहेकाे प्रहरी खुलासा

दोलखा । चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा धेरै सुन रोङजियाबाट स्थलमार्ग हुँदै तस्करी भएको अनुसन्धानका क्रममा खुलेको हो । पछिल्लो समय यो नाकाबाट भित्रिएको ११ किलो सुन बरामद र ११ जना पक्राउ परेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो । चिनियाँ नागरिक टासी भनिने आगर लामाले रोङजियालाई सुन तस्करीको नयाँ रुट बनाएको पाइएको छ । सुन तस्करीमा संलग्न भरियाले यसअघि पनि पटकपटक रोङजियाबाट सुन बोकेको बयान दिएका छन् । प्रहरीले ११ किलो सुनका मुख्य मालिक लामा नेपालमा तिब्बती शरणार्थी बनेर सुन तस्करीमा संलग्न हुँदै आएको अनुसन्धानका क्रममा खुलेको जनाएको छ । नुर्बुछिरिङ शेर्पाको मध्यस्थकर्तामा उनले यो…
Read More
लक्षित वर्गहरूलाई समेटेर याेजनाहरू ल्याएका छाैँ : वडा अध्यक्ष गुरूङ

लक्षित वर्गहरूलाई समेटेर याेजनाहरू ल्याएका छाैँ : वडा अध्यक्ष गुरूङ

२४ असाेज, काठमाडाैँ । आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२/६/०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको हाे । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ व.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ व. कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष गुरूङ

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष गुरूङ

२४ असाेज, काठमाडाैँ । सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा.वि.स.मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ७२.०३ बर्ग कि.मि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २६८६४ ९जनगणना २०६८० छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकोमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धोषणा भएको हो । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दर बजार नगरपालिका वडा नंं. ९ का वडा अध्यक्ष मनराज गुरूङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दर बजार…
Read More
Page 95 of 452
1 … 93 94 95 96 97 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.