Share Icon

२५ असाेज, काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्ये भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

बिहीबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ। त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेश, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon