देशका केही स्थानमा दिउँसाे र राति वर्षा हुने

Share Icon

२५ असाेज, काठमाडाैं । हाल नेपालको पूर्वी तथा मध्ये भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

बिहीबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ। त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेश, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.