समाज

ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने

ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने

असोज, काठमाडौँ। नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताउनुभएको छ । नवनियुक्त राजदूत लोरेन्जोले आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताउनुभएको हो । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु परिवर्तन, दिगो विकास, ऊर्जा क्षेत्रको विस्तार एवं प्रवद्र्धन तथा मानव अधिकार संरक्षणलगायत क्षेत्रमा प्रदान गरिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महत्वपूर्ण विकास साझेदारका हैसियतले पाँच वर्षीय योजनाअन्तर्गत सन् २०२६ सम्मका लागि नेपाललाई तीन खर्ब (तीनसय विलियन) युरो सहयोग गर्नेगरी ईयुको कार्यक्रम सार्वजनिक…
Read More
काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।
Read More
माैरी पालनलाई व्यवसायमय बनाउदै : वडा अध्यक्ष तामाङ

माैरी पालनलाई व्यवसायमय बनाउदै : वडा अध्यक्ष तामाङ

२२ असाेज, काठमाडाैँ । नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको पर्यटकीय जिल्ला लमजुङ ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका मिलेर बनेको छ । यसै अन्तर्गतको एक गाउँपालिका मस्र्याङदी गाउँपालिका हो । यो गाउँपालिका साविकका ७ वटा गा.वि.स ९ घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी मिलेर बनेको हो । यसको पूर्वी सिमाना दोर्दी गाउँपालिका, पश्चिमः क्व्होलासोथार गाउँपालिका ,दक्षिणःबेसिशहर नगरपालिका छ भने उत्तरी सिमानामा मनाङ जिल्लाको नासोङ गाउँपालिका रहेको छ । ९ वटा वडा कार्यालय भएको यस पालिका केन्द्र ८ नं. वडा अन्तर्गत भुलभुलेमा रहेको छ। गण्डकी  प्रदेश लमजुङ  जिल्लामा अवस्थित मस्र्याङदी गाउँपालिका वडा नंं.८ का वडा अध्यक्ष घन…
Read More
लक्षित वर्गहरूलाई केन्द्रित गरेर याेजनाहरू ल्याएका छाैँ : वडा अध्यक्ष थापा

लक्षित वर्गहरूलाई केन्द्रित गरेर याेजनाहरू ल्याएका छाैँ : वडा अध्यक्ष थापा

२२ असाेज, काठमाडाैँ । शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फाल्गुन २७ गते गठन भएको हो। गोरखा जिल्लालो दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समावेश भइ यस गाउँपालिकाको गठन भएको हो। यस गाउँपालिकाको सिमाना पूर्वमा भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिकार धादिङ्ग जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका, दक्षिणमा गण्डकी गाउँपालिका, तनहुँ जिल्ला र चितवन जिल्ला रहेको छ। यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राम्हण, चेपाङ्ग र दलितहरुको मुख्य बसोवास रहेको छ भने अन्य जातिहरुमा…
Read More
नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष गुरूङ

नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष गुरूङ

२२ असाेेज, काठमाडाैँ । नेपाल सरकारको स्थानीय तह गठन आदेश, २०७३ बमोजिम गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा गठन भएका पाँच स्थानीय तह मध्ये यो तेस्रो ठुलो स्थानीय तह हो। यस माछापुच्छ्रे गाउँपालिका समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । साविकका निम्न ८ आठ वटा गाउँ विकास समितिलाई मिलाएर बनेको यस माछापुच्छ्रे गाउँपालिकाको पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका रहेको छ । गण्डकी प्रदेश कास्की  जिल्लामा अवस्थित  माछापुच्छ्रे गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष राम बहादुर गुरूङले स्थानीय…
Read More
हिमाली पदयात्रामा पर्यटक बढ्दै

हिमाली पदयात्रामा पर्यटक बढ्दै

२२ असोज,रसुवा । हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ । गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् । ती मध्ये…
Read More
पहिरोमा जेसिबी पुरिँदा मृत्यु

पहिरोमा जेसिबी पुरिँदा मृत्यु

२२ असोज,लुम्बिनी। पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read More
फेरी रोकियो चालक अनुमतिपत्र छपाइ

फेरी रोकियो चालक अनुमतिपत्र छपाइ

काठमाडौं । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरू छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । अहिले आकस्मिकरूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ । नियमितरूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको सङ्ख्या भने बढिरहेको छ । थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरुले बताए । अहिले खरिद गरिएका कार्ड पहिलोपटक छ लाख…
Read More
आजबाट खुला भयो दसैँका लागि अग्रिम टिकट बुकिङ, पुरानै भाडा कायम !

आजबाट खुला भयो दसैँका लागि अग्रिम टिकट बुकिङ, पुरानै भाडा कायम !

काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला हुँदैछ । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि दसैँ सुरु हुन एक साता बाँकी हुँदा आजदेखि बुकिङ खुला गरिएको हो । यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन् । गएको शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायी आजबाट दसैँका लागि टिकट बुकिङ खुलाउन सहमत भएका थिए। दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
Read More
इजरायलबाट नेपालीलाई सरकारले ल्याउने, अनलाइनबाट विवरण संकलन गरिँदै

इजरायलबाट नेपालीलाई सरकारले ल्याउने, अनलाइनबाट विवरण संकलन गरिँदै

काठमाडौं । नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । इजरालयस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागिएको हो । नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ । शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो । यस्तै ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक सम्पर्कविहीन छन् । मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि…
Read More
Page 97 of 452
1 … 95 96 97 98 99 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.