इजरायलबाट नेपालीलाई सरकारले ल्याउने, अनलाइनबाट विवरण संकलन गरिँदै

Share Icon

काठमाडौं । नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । इजरालयस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागिएको हो ।

नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ ।

शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो । यस्तै ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक सम्पर्कविहीन छन् । मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ ।

दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.