समाज

दसैं-तिहारमा ५० हजार ५३० प्रहरी परिचालन हुने

दसैं-तिहारमा ५० हजार ५३० प्रहरी परिचालन हुने

काठमाडौं । दसैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले चाडवाड लक्षित सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् । प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट, ग्रामीण क्षेत्रमा…
Read More
साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

दोहा । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई अदालतबाट मृत्युदण्डको फैसला भएर दूतावासमा जानकारी आएको बताए । मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरू कुन अपराधमा दोषी देखिएको र उनीहरूको नाम के के हो त्यो भने केही खुलाइएको छैन । गतवर्ष पनि दुई नेपालीलाई…
Read More
आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसकारण सोमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको…
Read More
आज असोज २२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आज असोज २२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० आसल असोज २२ गते सोमबारको राशिफल । मेष आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूचि बढ्नेछ । बृष आज यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । मिथुन आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । कर्कट आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम…
Read More
इजरायलमा १० नेपालीको निधन (नामावलीसहित)

इजरायलमा १० नेपालीको निधन (नामावलीसहित)

काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त दक्षिणी क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ। इजरायलस्थित नेपाली राजदूतावासले बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको मृत्यु भएको हो। एकजना भने अझै पनि बेपत्ता नै छन्। मृत्यु हुनेमा दार्चुलाका लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकमका दिपेशराज बिष्ट रहेका छन्। सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा र राजन फुलारा रहेका छन्। त्यस्तै कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको निधन भएको दूतावासले हिमालप्रेसलाई जानकारी दिएको छ। दूतावासका अनुसार विपिन जोशी अझै बेपत्ता छन्। राजदूत कान्ता रिजालले भनिन्, ‘ आक्रमणमा परेर १०…
Read More
चिनियाँ ठेकेदारको ट्रयापमा पोखरा-मुग्लिन र नारायणगढ- बुटवल सडक

चिनियाँ ठेकेदारको ट्रयापमा पोखरा-मुग्लिन र नारायणगढ- बुटवल सडक

काठमाडौं । चिनियाँ निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ। पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड र नारायणगढ- बुटवल सडकको पूर्वी खण्ड विस्तारको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा गत बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको बताइसकेका छन्। यो दुबै सडकको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो। ‘पोखरा-मुग्लिन सडकखण्डको पूर्वतिर काम भएको छ। पश्चिमतर्फको त्यति काम हुन सकेन। सायद अब त्यहाँ ठेक्का सम्झौता तोड्नुपर्ने हुन सक्छ। त्यसको लागि तयारी भइरहेको छ,’ उनले भने। मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम भइरहेको…
Read More
चीन किन नेपालमा बीआरआई परियोजना चाहन्छ?

चीन किन नेपालमा बीआरआई परियोजना चाहन्छ?

काठमाडाैं । गरिबीको रेखामुनि रहेका मानिसहरुको अवस्थालाई बदल्ने, समृद्धि र खुशी ल्याउने आशा देखाएको चीनको बेल्ट एन्ड रोड इनिसियटिभ परियोजनाले पछिल्लो समयमा गरिब मुलुकलाई थप संकटमा पुर्‍याउने काम गरिरहेको यथार्थका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले यसको पूर्ण समर्थनसहित कार्यक्रम अघि बढाउन योजना बनाउने बताएका छन् । उनले नेपालको विकासको लागि महत्वपूर्ण स्रोतको रुपमा रोड एण्ड बेल्ट इनिसियटिभ (बीआरआई) रहने भन्दै यसको कार्यान्वयनको लागि सरकारले छिट्टै योजना बनाउने प्रतिबद्धता जनाएका हुन् । आइतबार ‘बीआरआईको एक दशक: व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालमा बीआरआई परियोजनाअन्तर्गतका योजनाहरुको कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । प्रचण्डले नेपालको पूर्वाधार विकासका लागि…
Read More
सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौँ बैठक

सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौँ बैठक

पोखरा । सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक यही आश्विन १८ गते पोखरामा सम्पन्न भयो । भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव श्री भृगु ढुङ्गानाले गरेका थिए। दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागीता रहेको थियो । द्विपक्षीय सुरक्षा र सुरक्षा सहकार्य प्रवर्द्धन हेतु सन् २००३ मा स्थापना गरिएको यो भारत–नेपाल द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र हो। उक्त बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति,…
Read More
१७ करोड ९८ लाख भ्रष्टाचार गरेको भन्दै मधेशका अर्थमन्त्री यादवसहित ७ जनाविरुद्ध मुद्दा

१७ करोड ९८ लाख भ्रष्टाचार गरेको भन्दै मधेशका अर्थमन्त्री यादवसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । झलनाथ खनालको प्रतिष्ठानलाई सर्पपालन कार्यक्रममा १७ करोड ९८ लाख हिनामिना गरेको भन्दै मधेश प्रदेशका मन्त्रीसहित सातविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने कार्यमा अनियमितता गरेको भन्दै मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्कासहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। प्रदेश सरकारको आव ०७६/७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत…
Read More
सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

२१ असोज, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराउनुभयो । उहाँले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न सङ्गठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “एउटा बलियो र…
Read More
Page 98 of 452
1 … 96 97 98 99 100 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.