समाज

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बढीको क्षति

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बढीको क्षति

धनुषा । धनुषास्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिए । उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए । सञ्चालक रायले भने, ‘हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाैं । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।’
Read More
यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने

यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न सादा पोशाकका प्रहरी परिचालन गर्न लागेको जानकारी दिँदै भने– ‘कुन राजमार्गमा कति संख्यामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भन्ने विषयमा प्रदेश प्रहरी कार्यालयले निर्देशन दिनेछ । महत्वपूर्ण र संवेदनशील मानिएका राजमार्गमा चेक प्वाइन्ट राख्ने व्यवस्था गरेका छौं । कुनै पनि घटना घटेमा तत्काल घटनास्थलमा…
Read More
असोज २१ गते आइतबार : कस्ताे छ तपाईको राशिफल ?

असोज २१ गते आइतबार : कस्ताे छ तपाईको राशिफल ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्ने छ । धन सञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नाता कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।…
Read More
होटलबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु

होटलबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु

काठमाडाैं । पोखराको लेकसाइडमा रहेको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन ग्याङ्गको गम्भीर घाइते बन्नुभएको थियो । लगत्तै उहाँलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकका अनुसार उपचारका क्रममा उहाँको शुक्रबार निधन भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । हाम फाल्नेबित्तिकै उद्धार गरी सनलाई उपचारका लागि नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पोखरा स्वास्थ्य प्रतिष्ठान लगिएको थियो । सनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको कास्की प्रहरीले जनाएको…
Read More
सल्यानमा बस दुर्घटना, दुईजनाको मृत्यु

सल्यानमा बस दुर्घटना, दुईजनाको मृत्यु

काठमाडाैं । दाङको तुलसीपुरबाट सल्यानको झिम्पे जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। शनिबार दिउँसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मूलपानी नजिकै दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो। उनीहरुको पहिचान खुलेको छैन। दुर्घटनामा चालकसहित पाँचजना गम्भीर घाइते भएका मूलपानी वनस्पती कार्यालयका प्रमुख मित्र पाठकले जानकारी दिए। घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्दार गरिरहेको छ। बसमा करिब १६ जना यात्रु सवार रहेको खुलेको छ।
Read More
चर्चित टिकटकर एलिजेको इन्गेजमेन्टकै दिन बुर्काबिनाको अनुहार कसले गर्यो सार्वजनिक ?

चर्चित टिकटकर एलिजेको इन्गेजमेन्टकै दिन बुर्काबिनाको अनुहार कसले गर्यो सार्वजनिक ?

काठमाडौं । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजे जमाली (एलिजे) ले इन्गेजमेन्ट गरेको खबरलगत्तै यही घटनासँग जोडिएर अर्को प्रकरण बाहिरिएको छ। आयुष र जमालीले शुक्रबार मात्रै दुबईमा इंगेजमेन्ट गरिरहँदा जमालीको बुर्काबिनाको अनुहारको तस्बिर टिकटकमै सार्वजनिक भएको छ। पाकिस्तानी मुस्लिम परिवारकी उनको अनुहारबाट बुर्का हटाएको सार्वजनिक भएपछि घटनाले अर्कै मोड लिएको छ। जमालीले आफ्नो अनुहारको बुर्का तल झारेर हेरिरहेको तस्बिर बिक्कीसोनी नामको एकाउन्टबाट शुक्रबार साँझतिर पोस्ट गरिएको छ। यो एकाउन्ट कसको हो भनेर यकिन भइसकेको छैन। उनले जमालीको अनुहारसहितको फोटोमाथि ‘ब्रेकिङ न्युज, एलिजा फेस रिबिल‘ नेपाल बुहारी एलिजाु लेखेर टिकटकमा पोस्ट गरेका छन्। यो दृश्य नेपालकै त्रिभुवन अन्तर्राष्ट्रिय…
Read More
आज राति ४ प्रदेशमा वर्षा हुने

आज राति ४ प्रदेशमा वर्षा हुने

२० असाेज,काठमाडौं । नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार बिहान यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। त्यस्तै, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ ।  त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। साथै कोशी,…
Read More
फेरी बझाङमा भूकम्पकाे धक्का

फेरी बझाङमा भूकम्पकाे धक्का

२० असाेज, काठमाडौं । बझाङमा शनिबार फेरी भूकम्प गएको छ । शनिबार बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भोटखोला केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रले जनाएकाे हो । यहि असाेज १६ गते दिउँसो २ बजेर ४० मिनेट जाँदा ५ दशमबल ३ र ३ बजेर ६ मिनेट जाँदा ६ दशमलब।३ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । केही घाइते भएका थिए । भूकम्पका कारण जिल्लाका केही व्यक्तिगत र सार्वजजिक घरहरुमा समेत क्षति पुगेको छ ।
Read More
वडामा सहकारीमार्फत कृषिमा क्रान्ति ल्याउनु पर्छ : वडा अध्यक्ष खनाल

वडामा सहकारीमार्फत कृषिमा क्रान्ति ल्याउनु पर्छ : वडा अध्यक्ष खनाल

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा रहेकाे गाउँ विकास कृषि सहकारी संस्था लिमिटेडले आफ्नो एघाराैँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथिकाे रूपमा रहेका रूपा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजन खनालले सहकारी नियम भित्र रहेर सञ्चालक र शेयर सदस्यहरु मिलेर सहकारीलाई मजबुत बनाएर लैजानु पर्नेमा जोड दिनुभयाे। आर्थिक अनुशासनको क्षेत्राधिकार भित्र रहेर कारोबार गर्दा समस्या सृजना नहुने जनाउँदै सहकारीको सिद्धान्त मर्म र भावना अनुरुप रहेर कारोबार गर्न सञ्चालक र शेयर सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयाे । उहाँले सहकारी संस्थाले उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने र आधुनिक कृषि खेतीलाई बढवा…
Read More
नेपालको भीसामा झुलाघाट नाकाबाट चिनियाँ महिलाले भारत जान खोजेपछि…

नेपालको भीसामा झुलाघाट नाकाबाट चिनियाँ महिलाले भारत जान खोजेपछि…

बैतडी । नेपाल भारत सीमा नाका भएर भारत जान खोजेकी एक चिनियाँ महिलालाई नाकाबाटै फिर्ता गरिएको छ । नेपालको मात्रै भीसा भएकी चिनियाँ महिलासंग भारत जाने भीसा नभएको बिषयमा जानकारी दिएपछि उनी आँफै नाकाबाट फर्केकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगश खत्रीले बताए । बिहीबार दिउँसो सीमा नाका झुलाघाट पुगेकी ती महिलासंग कागजपत्र माग्दा उनीसंग नेपाल घुम्ने मात्रै भीसा भएकाले नाकाबाटै फर्काइएको उनले बताए । ती चिनियाँ महिलासंग नेपाल घुम्ने सबै वैधानिक कागजपत्र भएपनि अर्को देश जाने कागजपत्र नभएको प्रहरीले जनाएको छ। नेपाल घुम्न आएकी चिनियाँ महिला सीमा नाकाबाट भारत जान किन खोजेकी हुन् भन्ने बिषयमा केही खुलेको छैन्…
Read More
Page 100 of 452
1 … 98 99 100 101 102 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.