सल्यानमा बस दुर्घटना, दुईजनाको मृत्यु

Share Icon

काठमाडाैं । दाङको तुलसीपुरबाट सल्यानको झिम्पे जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

शनिबार दिउँसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मूलपानी नजिकै दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो। उनीहरुको पहिचान खुलेको छैन।

दुर्घटनामा चालकसहित पाँचजना गम्भीर घाइते भएका मूलपानी वनस्पती कार्यालयका प्रमुख मित्र पाठकले जानकारी दिए।

घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्दार गरिरहेको छ। बसमा करिब १६ जना यात्रु सवार रहेको खुलेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.