नेपालको भीसामा झुलाघाट नाकाबाट चिनियाँ महिलाले भारत जान खोजेपछि…

Share Icon

बैतडी । नेपाल भारत सीमा नाका भएर भारत जान खोजेकी एक चिनियाँ महिलालाई नाकाबाटै फिर्ता गरिएको छ ।

नेपालको मात्रै भीसा भएकी चिनियाँ महिलासंग भारत जाने भीसा नभएको बिषयमा जानकारी दिएपछि उनी आँफै नाकाबाट फर्केकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगश खत्रीले बताए ।

बिहीबार दिउँसो सीमा नाका झुलाघाट पुगेकी ती महिलासंग कागजपत्र माग्दा उनीसंग नेपाल घुम्ने मात्रै भीसा भएकाले नाकाबाटै फर्काइएको उनले बताए ।

ती चिनियाँ महिलासंग नेपाल घुम्ने सबै वैधानिक कागजपत्र भएपनि अर्को देश जाने कागजपत्र नभएको प्रहरीले जनाएको छ।

नेपाल घुम्न आएकी चिनियाँ महिला सीमा नाकाबाट भारत जान किन खोजेकी हुन् भन्ने बिषयमा केही खुलेको छैन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.