४ हजार ७ सयवटा सिम कार्डसहित चिनियाँ नागरिक पक्राउ

Share Icon

काठमाडौं । अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकसहित दुई जनालाई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले मंगलबार ललितपुरबाट दुईजनालाई पक्राउ गरेको हो।

ललितपुरमा वैकुण्ठराज बुढाथोकीको घरमा कोठा भाडामा लिएर बसेका ४० वर्षीय चिनियाँ नागरिक यस घटनाका मुख्य अभियुक्त भएको देखिएको छ। प्रहरीले नेपाली नागरिक गणेश श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीले कोठाबाट ४ लाख ८३ हजार नेपाली रुपैयाँ सहित केही विदेशी नोट समेत बरामद गरेको छ। प्रहरीले २ हजार ४०३ वटा नेपाल टेलिकमको सिम र १ हजार ३०० वटा एनसेलको सिमकार्ड समेत बरामद गरेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.