समाज

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

१ असोज, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उहाँहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच छलफल भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री दाहाल शनिबार अमेरिका जानु भएकाे थियाे । उहाँले यहि असोज ४ गते महासभालाई सम्बोधन गर्ने…
Read More
पशुपतिनाथको दर्शनका लागि ४ तिरबाट लाइनको ब्यवस्था

पशुपतिनाथको दर्शनका लागि ४ तिरबाट लाइनको ब्यवस्था

१असाेज, काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर साेमबार बिहान ३ बजेदेखि नै खुलेको छ । दर्शन गर्न जाने भक्तजनहरुको सुविधाका पशुपति क्षेत्र बिकास कोषले विभिन्न दिशाबाट मन्दिरसम्म पुग्ने लाइनको ब्यवस्था गरेको हाे । लाइन व्यवस्थापनका लागि स्वयंसेवकहरु परिचालन गरिएको छ। साथै विभिन्न ठाउँमा स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणको ब्यवस्था पनि गरिएको छ । दर्शनका लागि कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा, पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । दोस्रो लाइन मित्रपार्कबाट प्रवेश गर्न पाउने गरी ब्यवस्था गरिएको छ । यसैगरी तेस्रो लाइन भने गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट…
Read More
हिन्दु नारीले आज हरितालिका तीज पर्व मनाउँदै

हिन्दु नारीले आज हरितालिका तीज पर्व मनाउँदै

१असाेज, काठमाडौं ।  आज (साेमबार) बिहानदेखि नै हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । आज (आइतबार) दर खाएर बसेका महिलाहरु सोमबार दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजा-आजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ । यस पर्वमा व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत…
Read More
बाँकेको ढकेरी नजिक पूर्व-पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट

बाँकेको ढकेरी नजिक पूर्व-पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट

उमेश दलामी बाँके(ढकेरी) : पुर्ब-पश्चिम राजमार्ग अन्तरगत बाँकेको ढकेरी नजिक शक्तिशाली विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) नारायण डाँगीका अनुसार शनिबार राती पुर्ब-पश्चिम राजमार्गको ढकेरीदेखि करिव ३ किलोमिटर पुर्बमा विष्फोट भएको हो । विष्फोट भएको स्थान मानव बस्तीभन्दा टाढा जंगलमा पर्छ । स्थानीय बासिन्दाले आइतबार बिहान विष्फोट भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राती विष्फोट भएपनि कति बजे भयो ? भन्नेबारे नखुलेको डिएसपी डाँगीले बताए । विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि सडकको एक तर्फको भाग भत्केको प्रहरीले जनाएको छ । घटनास्थलमा खिया लागेका तार लगायतका टुक्राहरु फेला परेको डाँगीले बताए । 'घटनास्थलको अवस्था हेर्दा सडक मुनि…
Read More
गल्याङ बजारको फोहाेर व्यवस्थापन गर्न चुनौती

गल्याङ बजारको फोहाेर व्यवस्थापन गर्न चुनौती

३१ भदौ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहाेर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गत जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेकोे फोहाेरमा अज्ञात समुहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताउनुभयो । उहाँका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीका कारण स्थानीय बासिन्दा, वायुमण्डल, वनस्पति र आँधीखोलाका जलचरप्राणीमा प्रत्यक्ष असर परेको भन्दै मञ्चले दोषीलाई कारबाही गर्न र फोहाेरको उचित व्यवस्थापन गर्न नगरपालिकासहित वडा नं ३ मा निवेदन दिएको भट्टराईले बताउनुभयो । नगरपालिकाले आगो लगाउनेलाई कारबाही गर्न नसकेको, फोहाेरको उचित व्यवस्थापन नभएको भन्दै उक्त ठाउँमा फोहाेर फाल्न स्थानीयले…
Read More
काठमाडौंकाे एक कपडा पसलमा आगलागी हुँदा एक करोडकाे क्षति

काठमाडौंकाे एक कपडा पसलमा आगलागी हुँदा एक करोडकाे क्षति

३१ भदौ, काठमाडाैं । काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आइतबार आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ओखलढुङगाकाे चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौं–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भएर आइतबार बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले  जानकारी दिनुभएकाे हाे। आगलागीबाट करिब एक करोड रूपैयाँ बराबरकाे कपडा जलेर नष्ट भएको उहाँले बताउनुभयाे ।
Read More
मनाङ पर्यटकको आकर्षणकाे केन्द्र बन्दै

मनाङ पर्यटकको आकर्षणकाे केन्द्र बन्दै

३१ भदौ, मनाङ। पछिल्लाे समय नेपालीहरूमा भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । जसका कारणले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ । मनाङका विभिन्न स्थान नै प्राकृतिक छटाले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन् । विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । सो कार्यालयका अनुसार बाह्य पर्यटकको सङ्ख्या सङ्कलन गर्ने भए पनि आन्तरिक पर्यटकको सङ्ख्या टिपोट गरिएको हुँदैन । बाह्य…
Read More
अमेरिकाबाट पार्सल आएको गाजा र हेरोइनसहित १० जना पक्राउ

अमेरिकाबाट पार्सल आएको गाजा र हेरोइनसहित १० जना पक्राउ

३१ भदौ, काठमाडाैं । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको हाे। उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ । पक्राउ परेकाहरुलाई आइतबार सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार…
Read More
विश्वकर्माको मूर्ति बनाउन भ्याइन-भ्याइ

विश्वकर्माको मूर्ति बनाउन भ्याइन-भ्याइ

  ३१ भदौ, सुनसरी।  विश्वकर्मा पूजा आउन ३ दिन मात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन मूर्तिकारलाई भ्याइ-नभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो । विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजाराँै मूर्ति निर्माण गर्ने गरेको इनरुवा–८ का मूर्तिकार रामलखन मण्डलले बताउनुभयो । यहाँ  दुई हजार देखि पाँच हजार रूपैयाँसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज…
Read More
चिकित्सक संघ र सरकारका प्रतिनिधिबीच वार्ता जारी

चिकित्सक संघ र सरकारका प्रतिनिधिबीच वार्ता जारी

३१ भदाै, काठमाडौं । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घका मागकाे विषयमा वार्ता गर्न वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गर्नुभएको हो । वार्ता टोलीले आन्दाेलनरत चिकित्सहकरसँग स्वास्थ्य मन्त्रालयमा वार्ता समेत सुरु गरेको छ । आइतबार सरकारले गठन गरेको वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोली गठन भए लगत्तै आनन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता भएको हो । हेटौंडाको सन्चो अस्पतालमा…
Read More
Page 118 of 452
1 … 116 117 118 119 120 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.