गल्याङ बजारको फोहाेर व्यवस्थापन गर्न चुनौती
३१ भदौ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहाेर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गत जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेकोे फोहाेरमा अज्ञात समुहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताउनुभयो । उहाँका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीका कारण स्थानीय बासिन्दा, वायुमण्डल, वनस्पति र आँधीखोलाका जलचरप्राणीमा प्रत्यक्ष असर परेको भन्दै मञ्चले दोषीलाई कारबाही गर्न र फोहाेरको उचित व्यवस्थापन गर्न नगरपालिकासहित वडा नं ३ मा निवेदन दिएको भट्टराईले बताउनुभयो । नगरपालिकाले आगो लगाउनेलाई कारबाही गर्न नसकेको, फोहाेरको उचित व्यवस्थापन नभएको भन्दै उक्त ठाउँमा फोहाेर फाल्न स्थानीयले…
