विश्वकर्माको मूर्ति बनाउन भ्याइन-भ्याइ
३१ भदौ, सुनसरी। विश्वकर्मा पूजा आउन ३ दिन मात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन मूर्तिकारलाई भ्याइ-नभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो । विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजाराँै मूर्ति निर्माण गर्ने गरेको इनरुवा–८ का मूर्तिकार रामलखन मण्डलले बताउनुभयो । यहाँ दुई हजार देखि पाँच हजार रूपैयाँसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज…
