Share Icon

३१ भदौ, काठमाडाैं । काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आइतबार आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ओखलढुङगाकाे चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौं–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भएर आइतबार बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले  जानकारी दिनुभएकाे हाे।

आगलागीबाट करिब एक करोड रूपैयाँ बराबरकाे कपडा जलेर नष्ट भएको उहाँले बताउनुभयाे ।

Facebook Comments Box

Share Icon