सामान्य विषयमा हत्याकाे शृङ्खला बढ्दाै क्रममा
३० भदौ, काठमाडाैं । काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । टाउको र शरीरका विभिन्न भागमा खुकुरी जस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको हाे । सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । राय मृतक…
