समाज

यातायात कार्यालय जान पटके शुल्क

यातायात कार्यालय जान पटके शुल्क

– रामबहादुर थापा /सन्तोष गौतम २९ भदौ,गण्डकी । गोरखा, बागलुङ, म्याग्दीलगायत जिल्लाबाट दैनिक सयौँ ट्याक्सी प्रदेश राजधानी पोखरा आवत जावत गर्छन् । हरेकदिन अस्थायी रुट इजाजत (पटके) लिएर ट्याक्सी गुडाउनुपर्ने चालकको बाध्यता छ । ट्याक्सीलाई दुई जिल्ला मात्र चल्ने अनुमति छ । तेस्रो जिल्ला छिर्दा प्रतिकिमि रु दुईका दरले पटके शुल्क तिनुपर्छ । यातायात कार्यालयको सेवा लिनसमेत पटके काटेर जानुपर्ने अवस्था रहेको म्याग्दीको बेनी यातायात प्रालिका अध्यक्ष कुमार थापाले बताउनुभयो । धौलागिरि क्षेत्रका चार जिल्लालाई सेवा दिने गरी बागलुङमा यातायात व्यवस्था कार्यालय छ । म्याग्दीका अधिकांश ट्याक्सीको स्थायी रुट इजाजत पर्वतसम्मका लागि मात्र छ । म्याग्दीबाट पोखराका लागि छुट्ने ट्याक्सी…
Read More
मादक पदार्थ सेवन गरी बुबाको हत्या

मादक पदार्थ सेवन गरी बुबाको हत्या

२८ भदौ,दाङ। मादक पदार्थ खाएका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।
Read More
एसियाली खेलकुदमा आत्मविश्वासी खेलाडी

एसियाली खेलकुदमा आत्मविश्वासी खेलाडी

२९ भदौ, कास्की । एशिया महादेशको सर्वोच्च प्रतियोगिता हो, एसियाली खेलकुद । यसलाई एसियाड पनि भन्ने गरिन्छ । छिमेकी मुलुक चीनको हाङझावमा आगामी असोज ६ देखि २१ गतेसम्म एसियाडको १९ औँ संस्करण हुँदैछ । यसपटकको एसियाडमा नेपालले २९ खेलमा भाग लिएको उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष गरी दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले बिहीबार औपचारिक बिदाइसमेत गरेको छ । प्रतियोगिताका लागि पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भयो भने अन्य खेलका लागि राजधानी काठमाडौँ तथा देश बाहिर पनि प्रशिक्षण गरिएको थियो । महिला ह्याण्डबल, पुरुष रग्बी,…
Read More
दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

२९ भदौ,गोरखा । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा डम्बरबहादुर नेपालीले जानकारी दिनुभयो । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्नेे र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उहाँले बताउनुभयो । “सिमलगैरामा विद्युत्गहृ रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण…
Read More
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

२९ भदौ,काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गर्नुभएको छ । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उहाँले जोड दिनुभएको छ । “मानिसको जीवनका प्रारम्भिक वर्षहरू अर्थात् बाल्यकालमा नै उनीहरूको मल्ूयमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह…
Read More
नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको सीआईबीको दाबी

नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको सीआईबीको दाबी

काठमाडौं | हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् । उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी खडा भएको पाइएको हो । यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् । यी आईबीले तस्करीका सुनहरु टोखा र लाजिम्पाटमा गाल्ने…
Read More
मधेसमा ‘मुटु’ छामिरहेका डा निश्चल

मधेसमा ‘मुटु’ छामिरहेका डा निश्चल

टीकाराम सुनार र निरञ्जनकुमार साह २८ भदौ,जनकपुरधाम । यही भदौ ५ देखि प्रादेशिक अस्पताल जनकपुरधाममा मुटुरोगको उपचार सेवा सुरु भयो । उक्त सेवा सुरु भएपछि अस्पतालका निर्देशक डा रामनरेश पण्डितले भन्नुभएको थियो, “जनशक्ति अभावले लामो समयदेखि मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्कइएकोमा शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक डा निश्चल साह आएपछि मुटुको उपचारसम्बन्धी सेवा सुरु भएको छ । अब अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म ओपिडी सेवा सञ्चालन हुनेछ ।” डा पण्डितको भनाइमा लय मिलाउँदै डा साहले पनि भन्नुभएको थियो, “मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसिजी तथा इन्डोस्कोपी गरेर जानकारी लिन सकिनेछ । अब गम्भीर प्रकृतिका उपचार (शल्यक्रिया) पनि अगामी दिनमा सुरु गर्नेछाँै । अहिले…
Read More
पासको नभएकाे सरकारी सवारीसाधनलाई युवा जनमत संघ बाराले लियाे नियन्त्रणमा

पासको नभएकाे सरकारी सवारीसाधनलाई युवा जनमत संघ बाराले लियाे नियन्त्रणमा

काठमाडाैं । डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टीका भातृ संगठन युवा जनमत संघ बारा द्वारा कलैयामा विदाको दिनमा बिना पासको सरकारी सवारीसाधन दुरुपयोग गरिरहेकालाई समातेर ट्राँफीक प्रहरीको जिम्मा लगाएका छन । युवा जनमत संघ बाराका जिल्ला संयोजक विकास कुमार सिंहको नेतृत्वमा जनमतका युवाहरुले बारा जिल्लाको सदरमुकाम कलैया स्थित सहिद (भरत) चौकमा आज विदाको दिन पनि बिना पास सरकारी गाडी दुरुपयोग गरि चलाउने सवारीसाधनहरुलाई समातेर ट्रफिक प्रहरीलाई बुझाएका छन । समातिएका गाडीहरुमा कलैया उपमहानगरपालिका का २ वटा मोटरसाइकल ,कलैया भेटेनरी कार्यालयका चार चक्का गाडी १ थान, कटहरिया नगरपालिका रौतहटको मोसा-१ थान, जिल्ला प्रशासन कार्यालय बाराका मोसा-१ थान,रौतहट गौर नपा…
Read More
पर्वतमा ‘किङकोब्रा’ भेटियो

पर्वतमा ‘किङकोब्रा’ भेटियो

२८ भदौ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ । चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ । डभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । यसअघि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र वडा नं १२ ठूली पोखरीमा पनि राजगोमन भेटिएको थियो ।
Read More
इच्छाकामना महोत्सव सुरु

इच्छाकामना महोत्सव सुरु

२८ भदौ,मुग्लिन । चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो । बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । इच्छाकामना धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा सम्भावना रहेको गाउँपालिका रहेको उहाँको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको समग्र सामाजिक आर्थिक विकासका लागि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा यी चार क्षेत्रको विकासबाट मात्र सम्भव हुने बताउनुभयो । यी चार क्षेत्रलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर आफूहरु लागिरहेका बेला यस्ता खालका महोत्सवले…
Read More
Page 122 of 452
1 … 120 121 122 123 124 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.