समाज

सुन प्रकरणको अनुसन्धान नरोकिने

सुन प्रकरणको अनुसन्धान नरोकिने

२८ भदौ,काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिनुभयो । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद…
Read More
व्यावसायिक फूल खेतीबाट आम्दानी गर्दै युवा

व्यावसायिक फूल खेतीबाट आम्दानी गर्दै युवा

२७ भदौ, देउखुरी (दाङ) । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुट्नुभएको छ व्यावसायी दशरथ साउद ।वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गर्नुभएको छ । उहाँको फूल खेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन् । भास्करसँगै व्यवसायमा जोडिनुभएका प्राविधिक सहायक दशरथले फूल खेतीको प्रविधिक पक्ष हेर्ने गर्नुभएको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नुभएका दशरथले फूल खेती अवलोकन गर्न आउनेहरूलाई प्राविधिक ज्ञान दिने गर्नुभएको छ । कपिलवस्तुमा पाँच वर्षपहिले…
Read More
कृषिलाई व्यवसायमय बनाउदै : अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै : अध्यक्ष गुरुङ

२७ भदौ, काठमाडौँ । लमजुङ जिल्लामा अवस्थित क्होलासोथार गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । क्होलासोथार गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ । क्होलासोथार गाउँपालिका वडा नम्बर १ बालमैत्रि वडा भनेर पनि चिनिने वडा पनि हो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष…
Read More
वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष रानामगर

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष रानामगर

२७भदौ, कामठमाडौँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि।मी। दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि।मी। दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष मल्ल

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष मल्ल

२७ भदौ,काठमाडौँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि।मी। दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि।मी। दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस…
Read More
जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणा

जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणा

२७ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राख्नुभएको छ । जापानको टोकियोमा ‘द फाउण्डेशन अफ द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल’ले आयोजना गरेको एसियास्तरीय सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट सम्बोधन गर्दै सांसद डा राणाले जलवायु परिवर्तनले पारेको असर कम गर्न जडीबुटी प्रशोधनका लागि आधुनिक प्रविधिका साथै उनीहरुद्वारा उत्पादित परम्परागत औषधिजन्य वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको हो । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहनुभएका डा राणाले जलवायु परिवर्तन विश्वको मुद्दा मात्रै नभइ नेपालका लागि ठूलो…
Read More
कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु

कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु

२७ भदौ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिनुभयो । कैदी हत्या प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ । जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुकछेक बहस भइरहेको स्रेस्तेदार केसीले बताउनुभयो । झन्डै १२ कानुन व्यवसायीले बहस गर्ने उहाँले जानकारी दिनुभयो । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले निर्णय लिनेछ । कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान…
Read More
जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

२७ भदौ, कञ्चनपुर। कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घटदै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।“विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भन्नुभयो, “हाल बजारमा प्लास्टिका डोरी सहज रुपमा पाउन थालेपछि जुट खेती गर्न किसानले छाडेका छन् ।” खेतमा रोपेको जुट काटेर पानीमा कुहाने, कुहिएर गन्हाएको जुटका धर्सा निकाल्ने, पानीमा सफा गरेर सुकाउने र डोरी बनाउनुपर्ने झन्झट युवाले गर्न नमान्ने भएकाले पनि यसको खेती हुन छाडको उहाँको भनाइ रहेको छ ।…
Read More
एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

२७ भदौ,काठमाडौँ। संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्कनुभएको छ । महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ । हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।
Read More
यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

२७ भदौ, म्याग्दी । गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम अघि बढाइएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विद्युुतीय अभिलेख राख्ने काम सकिएको बताउनुुभयो । “कास्कीको यातायात कार्यालयका सबै सवारी साधनको फाइल तथा ढड्डालाई ‘स्क्यान’ गरेर सफ्टवेयरमा राखेपछि सेवा प्रवाह सुधारका लागि प्रभावकारी बनेको पाइयो”, उहाँले भन्नुुभयो, “यस वर्ष बागलुुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको फाइल…
Read More
Page 124 of 452
1 … 122 123 124 125 126 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.