एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

Share Icon

२७ भदौ,काठमाडौँ। संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्कनुभएको छ ।

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ । हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.