समाज

कुरुङदीको पाखैभरी केरा खेती ः रोगले हैरान किसान

कुरुङदीको पाखैभरी केरा खेती ः रोगले हैरान किसान

२७ भदौ, गलेश्वर (म्याग्दी । शिरानमा घना जङ्गल पुछारतर्फ बुट्यान सहितको उर्वर फाँट र नागबेली परेर बगेको म्याग्दी नदी । जङ्गलकै बीचमा २२ रोपनी क्षेत्रफलमा गरिएको केराखेती पारीपट्टीको डम्मरा गाउँबाट हेर्दा केराकै जङ्गलजस्तो देखिने बगरफाँटको कुरुङ्दी क्षेत्रमा विस्तार भएको केराखेतीले वन नै ढाकिएको छ । सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर पश्चिममा पर्ने बगरफाँट गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्ये आम्दानी गर्न सफल भएका छन् । बगरफाँटका २० घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट वार्षिक रु ६० लाख आम्दानी गर्दै आएका छन् । व्यापारी केरा बगानमै आएर खरिद गर्ने गरेको बगरफाँटका किसान खिमबहादुर कार्कीले जानकारी दिनुभयो । यहाँका किसानले धान…
Read More
मकै बाली जोगाउन रातभर जाग्राम

मकै बाली जोगाउन रातभर जाग्राम

२७ भदौ,अछाम । यहाँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् । “मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन”, मङ्गलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुङ्गानाले भन्नुभयो । किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन् । दिनभरि बाँदर र रातभरि बँदेल आतङ्कले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताउनुभयो । “रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन”, भण्डारीले…
Read More
गोकर्णेश्वर मेलाको तयारी पूरा

गोकर्णेश्वर मेलाको तयारी पूरा

२७ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते बिहीबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउँदै छन् । मेलाका लागि लागि मंगलबारदेखि तयारी गरिएको छ । उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र…
Read More
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

२७ भदौ,काठमाडौँ । किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नुहुने छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप…
Read More
सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी

सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी

२७ भदौ,लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवा साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन् । यससँगै गर्भवतीलाई नियमित उत्प्रेरणा तथा यातायात खर्च भुक्तानी, आइरन तथा टिटी खोप निःशुल्क, हरेक दिन गर्भवती निःशुल्क स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको शल्यक्रिया, पाठेघरको मुखको क्यान्सरको जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको अस्पताल विकास समितिका…
Read More
जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

२७ भदौ,फिक्कल (इलाम)। इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो । नेम्वाङको छिमेकीसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।” अब फेरि देशले उहाँजस्तो अर्को सुवासचन्द्र पाउन मुश्किल हुने उहाँ बताउनुहुन्छ । “उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि…
Read More
आजको मौसम : देशभर आंशिक बदली

आजको मौसम : देशभर आंशिक बदली

२७ भदौ,काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ…
Read More
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

२७ भदौ,लुम्बिनी । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
Read More
भेपमार्फत सुन तस्करी : चिनियाँ नागरिकको डेरामा छापा, भेटियो रित्तो लकर

भेपमार्फत सुन तस्करी : चिनियाँ नागरिकको डेरामा छापा, भेटियो रित्तो लकर

काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा संलग्न एक जना आरोपीको डेरामा प्रहरीले छापा मारेको छ । सुन ल्याउने गिरोहका मुख्य सदस्य चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको हो । सीआईबीले छापा मारेर केही कागजात र सामग्री बरामद गरेको एक अनुसन्धान अधिकृतले बताए । वाङको डेराबाट प्रहरीले एउटा लकर समेत बरामद गरेको थियो । सीआईबीमा सोमबार लकर फोडेर हेर्दा त्यसमा केही भेटिएन । सुन वा अन्य कुनै बहुमुल्य वस्तु लुकाउन उनले त्यो लकर घरमा राखेको हुनसक्ने अनुमान गरिएको छ । तर, सुनबारे छानबिन सुरु भएलगत्तै भागेर…
Read More
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास

२६ भदौ,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गर्नुभएको छ । आज यहाँ आयोजित विशेष समारोहकाबीच मन्त्री बस्नेतले सो आयोजनाको बाँध लगायतका संरचना (हेडवक्र्स) निर्माणको शिलान्यास गर्नुभएको हो । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् । शिलान्यास समारोहमा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासमार्फत आर्थिकरुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गर्नुभयो । मुख्यरुपमा हिउँदमा विद्युत् माग पूरा गर्नका लागि…
Read More
Page 125 of 452
1 … 123 124 125 126 127 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.