समाज

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

२६ भदौ,काठमाडौँ ।नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ । कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन् । यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ । यही भदौ १३ देखि २३ सम्म इटालीको भेनिसमा सञ्चालन भएको ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’को पहिलो प्रदर्शनी भयो । जसमा कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टी श्रेष्ठ सहभागी हुनुभयो । उहाँहरूले आफ्नो चलचित्रको विषयमा स्थानीय मिडियालाई जानकारी गराउनुका साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग साक्षात्कार गर्नुभयो…
Read More
जङगली हात्तीका कारण सास्ती

जङगली हात्तीका कारण सास्ती

२६ भदौ,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जङ्गली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । उनहीहरुले जङ्गली हात्ती नियन्त्रणका लागि माग गरेका छन् । भारतको दूधुवा नेशनलपार्क हँुदै आउने गरेको जङगली हात्तीको बथानले धानबालीमा नोक्सानी गर्न थालेपछि किसानले हात्ती नियन्त्रणका लागि माग गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गतपर्ने शुक्लाफाँटा नगरपालिका– ५, ६,७ र ८ का किसान हात्ती आतङ्कबाट त्रसित छन् । हात्तीकै डरले साँझ नपर्दै स्थानीयले गाउँमा हिँडडुलसमेत बन्द गरेका छन् । हात्तीको बथानले चार दिनदेखि यस क्षेत्रका किसानको धानबाली नोक्सानी गर्दै आएको छ । पाक्नै लागेको धानबली खान लागेको हात्तीको बथान भगाउन जाँदा आक्रमण गर्न…
Read More
ओझेलमा परेको रामजानकीकोे विवाह मण्डप बन्दै

ओझेलमा परेको रामजानकीकोे विवाह मण्डप बन्दै

२६ भदौ,महेन्द्रनगर (धनुषा)। भगवान् रामजानकीको विवाह भएको वास्तविक विवाह मण्डप जनकपुरधाम उपमहानगरपालिका– १३ मनिमण्डपमा निर्माण थालिएको छ । तेत्रा युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीबीच भएको विवाह यसै मनिमण्डपमा भएको धार्मिक विश्वास छ । पछि जानकी मन्दिर छेउमै विवाह मण्डप बनाइएपछि ओझेलमा परेको यो विवाहमण्डप भव्य नयाँ स्वरुपमा बनाइँदै छ । मनिमण्डपको उत्तरतर्फ आकर्षक कलाकृतिसहितका भवन बन्दैछन् । चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झल्को दिने गरी विवाह मण्डप बनाउन लागिएको छ । अहिले उक्त मण्डपमा रामजानकीको विवाहमा भएजस्तै सम्पूर्ण सामग्रीको व्यवस्था गर्न लागिएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभागको सङ्घीय आयोजना कार्यान्वयन इकाईले कूल रु…
Read More
देशले नदेखेको नार्पाभूमि

देशले नदेखेको नार्पाभूमि

–नवीन लामिछाने २६ भदौ, मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको नजर पर्न सकेको छैन । तर, नार्पाभूमि विकट भएर पनि हुनसक्छ सङ्घ सरकार तथा प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको सरकारले…
Read More
विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

२५ भदौ,दोलखा ।दोलखाको भिमेश्वर नगरपालिका–९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालय भवन नहुँदा कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा ४० जना विद्यार्थी कष्ठकररुपमा अध्ययन गर्न बाध्य छन् । भूकम्पपछि विद्यालय भवन दाताले सामान्यजस्ताका टहरा निर्माण गरिदिएपनि पक्की भवन निमार्ण हुन सकेको छैन । विद्यालय प्राङ्गणमा खेल मैदानसमेत छैन । विद्यार्थीहरु आधा घण्टाको दूरीमा रहेको मैदानमा खेल खेल्न जाने गरेको विद्यालयका प्रधानाध्यापक नारायण खड्काले बताउनुभयो । उहाँका अनुसार टहरामा घाम लागेको बेला अत्यधिक गर्मी हुने र पानी परेको समयमा आवाजले पढ्न नसकिने अवस्था छ । साथै हिउँ पर्ने समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था…
Read More
संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित

संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित

२६ भदौ ,काठमाडौँ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद्मा सन्तुलित भूमिका निर्वाह गर्नुभएकाले उहाँको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अप्ठेरो राजनीतिक अवस्थामा पनि उहाँले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरुको सम्बोधन गर्नुभएको सङ्घीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराई बताउनुुहुन्छ । उहाँले भन्नुभयो, “सुवासजीले राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्नुहुन्थ्यो । उहाँको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ ।” संविधान जारी गर्ने बेला अध्यक्ष नेम्वाङको भूमिकाको स्मरण गर्दै उहाँले त्यो बेलाको राजनीतिक अवस्थालाई नेता नेम्वाङले कुशलतापूर्वक सम्हालेको बताउनुभयो । पूर्वमहासचिव भट्टराईले भन्नुभयो, “सुवासजी त्यो भूमिकामा नभएका भए धेरै किसिमका समस्या उत्पन्न भई…
Read More
सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

२६ भदौ,काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राससलाई जानकारी दिनुभयो । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना…
Read More
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

२६ भदौ,काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको भइरहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । काठमाडाँैसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको…
Read More
वडा सचिव मृतावस्थामा फेला

वडा सचिव मृतावस्थामा फेला

२६ भदौ,डडेल्धुरा । डडेल्धुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो । अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् । पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताउनुभयो । पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त यस अगाडि अमरगढी –१० का सचिव थिए ।
Read More
‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

२६ भदौ,त्रिशूली (नुवाकोट) । काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ । उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलगायतले स्थलगत अवलोकन एवं निरीक्षण गर्नुभएको हो । सुरुङमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक अर्ब २५ करोड विनियोजन गरिएको र बाँकी स्रोतको व्यवस्थापनका लागि जतिसक्दो छिटो इआइए सुरु गर्न विषयगत मन्त्रालयको तर्फबाट अनुगमन गरिएको अर्थमन्त्री डा महतले जानकारी दिनुभयो । उहाँको अनुसार सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन…
Read More
Page 127 of 452
1 … 125 126 127 128 129 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.