समाज

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाैँ : अध्यक्ष रानामगर

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाैँ : अध्यक्ष रानामगर

२५ भदाै, कामठमाडाैँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको…
Read More
समग्र वडाकाे विकास गर्दै : अध्यक्ष मल्ल

समग्र वडाकाे विकास गर्दै : अध्यक्ष मल्ल

२५भदाै,काठमाडाैँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका०, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट…
Read More
आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल र सञ्चालक पक्राउ

आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल र सञ्चालक पक्राउ

२५ भदौ, रुकुम पश्चिम।आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो । शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको घरपविारको भनाइ छ । पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण…
Read More
जग्गा वर्गीकरण नगर्दा कारोबार ठप्प

जग्गा वर्गीकरण नगर्दा कारोबार ठप्प

२५ भदौ, पर्वत । स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा पर्वतमा जिल्लाभर कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार ठप्प भएको छ । जिल्लाको जलजला गाउँपालिकाबाहेक छ स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटदेखि बिक्रीवितरण ठप्प भएको हो । भूउपयोग ऐन, २०७६ र नियमावली, २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिद बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । सोही व्यवस्थाको कार्यान्वयनमा कडाइ गर्न सात सय ५३ वटै पालिकालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ मा जमिनको खण्डीकरण रोक्न भनेको थियो । स्थानीय भूमि वर्गीकरण समितिले खेतीयोग्य, गैरखेतीयोग्य, भिरपाखोलगायत १० प्रकारमा वर्गीकरण गरेको जग्गामात्रै कित्ताकाट गर्ने र खरिद बिक्री गर्न पाउने…
Read More
कालीगण्डकी क्षेत्रबाट लोप हुँदै चिर कालिज

कालीगण्डकी क्षेत्रबाट लोप हुँदै चिर कालिज

धु्रवसागर शर्मा २५ भदौ, गलेश्वर (म्याग्दी) । म्याग्दीको कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा मात्र पाइने चिर कालिज लोप हुने स्थितिमा पुगेको छ । सीमित सङ्ख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता, बासस्थानको अभाव र अवैध चोरी सिकारीका कारण सरकारबाट संरक्षित पक्षी चिर कालिज लोप हुने स्थितिमा पुगेको हो । पाँच वर्षअघि त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागका केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिब ६० चिर कालिज पाइएका थिए । उचित वातावरणको अभावका कारण अहिले ती चिर कालिज घटेका पाइएको उहाँले बताउनुभयो । चिर कालिजमा निरन्तर अनुसन्धान गर्दै आउनुभएका चोखालले यो पक्षी किसानको साथी भएको बताउनुभयो ।…
Read More
आलेख : खरायो पालनले सिर्जना गरेको रोजगारी

आलेख : खरायो पालनले सिर्जना गरेको रोजगारी

शुरबहादुर सिंह २५ भदौ,कर्णाली । एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने यहाँका युवा खाडी मुलुकमा छिर्न थालेका छन् । पछिल्लो समयमा रोजगारका लागि युवा विदेशिनेक्रम बढ्दै गएको छ । स्वदेशमा रोजगारीका अवसर नपाएको भन्दै खाडी मुलुकतर्फ बर्सेनि हजारौँ युवा हानिनेक्रम रोकिएको छैन । मजदूरीका लागि विदेशिनुपर्ने बाध्यता त छ नै तर केही वर्षयता अर्काको देखासिकी र लहडमा पनि रोजगारीका लागि भन्दै बाहिरिने क्रम बढेको छ । स्वदेशमै बसेर राम्रैसँग रोजगारी गर्न सकिन्छ भन्ने…
Read More
सेनाले रोप्यो दुई हजार बिरुवा

सेनाले रोप्यो दुई हजार बिरुवा

२५ भदौ,भोजपुर । वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो । यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियानअन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिनुभयो । “वातावरणको संरक्षणका बिरुवा रोपेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो यो अभियान जारी छ । यो अभियानअन्तर्गत जिल्लाका अन्य स्थानमा पनि बिरुवा रोप्ने लक्ष्य छ ।” सेनाले विपद्लगायत विभिन्न सामाजिक क्षेत्रमासमेत…
Read More
सुनसान कटारी बजार

सुनसान कटारी बजार

ऋषिबहादुर राई २५ भदौ,कटारी । ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’ ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार......... तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नून तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार । सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किन्दा ढाक्रेहरुले साहुका सामान बोकेर जान्थे । ‘‘त्यतिबेलाको कटारी बजार त गुल्जार थियो’’ २०२९ सालदेखि कटारी बजारमा…
Read More
तीज महोत्सवमा भलिबल प्रतियोगिता

तीज महोत्सवमा भलिबल प्रतियोगिता

२५ भदौ,कास्की । पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ नारासहित सो महोत्सव गर्न लागिएको हो । भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहने समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिनुभयो । महिलातर्फ एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवल तथा पुरुषतर्फ…
Read More
भुमि सुधार तथा मालपोत कार्यालय बारामा कसैले घुस मागे सिधा युवा जनमत संघ बारालाई खबर गर्नुस् : विकास सिंह

भुमि सुधार तथा मालपोत कार्यालय बारामा कसैले घुस मागे सिधा युवा जनमत संघ बारालाई खबर गर्नुस् : विकास सिंह

बारा । मालपोत तथा भुमि सुधार कार्यालय बारामा देखिएको कर्मचारी हरुको ढिला-सुस्ती र बढदै गएको चरम भ्रष्टाचार प्रति युवा जनमत संघ बाराले गम्भीर ध्यानाकर्षण जनाएको छ । आइतबार युवा जनमत संघ बाराका जिल्ला संयोजक विकास कुमार सिंहको नेतृत्वमा मालपोत तथा भुमि सुधार कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझाउदै सिंहले यस कार्यालयमा ढिलासुस्ती र कर्मचारी तथा बिचौलियाबाट घुस लिने र भ्रष्टाचार गर्ने धेरै जन गुनासो बढेकाले यस्ता कार्य प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । भ्रष्टाचार र बिचौलियाहरुको चलखेल यथाशीघ्र रोक्न हुन अनुरोध गर्दै यदि रोकिएन भने युवा जनमत संघ बाराले कडा भन्दा कडा कदम चाल्ने वा जनकरवाही समेत…
Read More
Page 129 of 452
1 … 127 128 129 130 131 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.