भुमि सुधार तथा मालपोत कार्यालय बारामा कसैले घुस मागे सिधा युवा जनमत संघ बारालाई खबर गर्नुस् : विकास सिंह

Share Icon

बारा । मालपोत तथा भुमि सुधार कार्यालय बारामा देखिएको कर्मचारी हरुको ढिला-सुस्ती र बढदै गएको चरम भ्रष्टाचार प्रति युवा जनमत संघ बाराले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

आइतबार युवा जनमत संघ बाराका जिल्ला संयोजक विकास कुमार सिंहको नेतृत्वमा मालपोत तथा भुमि सुधार कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझाउदै सिंहले यस कार्यालयमा ढिलासुस्ती र कर्मचारी तथा बिचौलियाबाट घुस लिने र भ्रष्टाचार गर्ने धेरै जन गुनासो बढेकाले यस्ता कार्य प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

भ्रष्टाचार र बिचौलियाहरुको चलखेल यथाशीघ्र रोक्न हुन अनुरोध गर्दै यदि रोकिएन भने युवा जनमत संघ बाराले कडा भन्दा कडा कदम चाल्ने वा जनकरवाही समेत गर्ने बाध्य हुनेछौं भने कुरा ज्ञापनपत्र मार्फत जनाईएको छ ।

साथै आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यदि मालपोत तथा भुमि सुधार कार्यालय बारामा कसैले घुस मागेमा वा काम गर्न ढिलासुस्ती गरेमा सिधा युवा जनमत संघ बारालाई वा मलाई खबर गर्नु हुन आग्रह समेत गर्नुभएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.