Share Icon

काठमाडाैं । डा. सीके राउत राष्ट्रिय अध्यक्ष रहेको जनमत पार्टीका भातृ संगठन युवा जनमत संघ बारा द्वारा कलैयामा विदाको दिनमा बिना पासको सरकारी सवारीसाधन दुरुपयोग गरिरहेकालाई समातेर ट्राँफीक प्रहरीको जिम्मा लगाएका छन ।

युवा जनमत संघ बाराका जिल्ला संयोजक विकास कुमार सिंहको नेतृत्वमा जनमतका युवाहरुले बारा जिल्लाको सदरमुकाम कलैया स्थित सहिद (भरत) चौकमा आज विदाको दिन पनि बिना पास सरकारी गाडी दुरुपयोग गरि चलाउने सवारीसाधनहरुलाई समातेर ट्रफिक प्रहरीलाई बुझाएका छन ।

समातिएका गाडीहरुमा कलैया उपमहानगरपालिका का २ वटा मोटरसाइकल ,कलैया भेटेनरी कार्यालयका चार चक्का गाडी १ थान, कटहरिया नगरपालिका रौतहटको मोसा-१ थान, जिल्ला प्रशासन कार्यालय बाराका मोसा-१ थान,रौतहट गौर नपा को मोसा-१ थान लगायत दर्जनौं सरकारी सवारीसाधन विना पास विदाको दिन दुरुपयोग गरी चलाएको पाईएका छन् ।

जनताले आफ्नो खुन-पसिना बगाएर सरकारलाई बुझाएको करको पैसाबाट आफ्नो व्यक्तिगत कामका लागि कर्मचारीहरु वहाँ नजिका मान्छे-नातेदारहरुले सरकारी सवारीसाधनहरुको दुरुपयोग गरिरहेका छन ।
साे सवारीसाधनहरु विदाको दिन विना पास चलाउन नहुने युवा जनमत संघ बाराका संयोजक विकास सिंहले एउटा अभियान नै चलाएर यसलाई रोक्नेछौ भने कुरा बताउनु भयो ।

बारा जिल्लाका लागि यस्ता सराहनीय कार्य गर्ने युवा जनमत संघ बारा धन्यवाद का पात्र भएका छन । अहिलेसम्म कसैले नगरेका सराहनीय काम जनमत का युवाहरुले गरेर देखाईरहेका छन भने कुरा कलैयाका आम पब्लिकको भनाइ रहेको छ ।

बितेको आईतबार जिल्ला मालपोत तथा भुमि सुधार कार्यालयका प्रमुख लाई भईरहेको ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न ज्ञापनपत्र बुझाएका थिए । नापी ,भुमि सुधार तथा मालपोत कार्यालयका कर्मचारीहरुले काम गर्न ढिलासुस्ती गरे वा कसैले घुस मागे युवा जनमत संघ बारालाई खबर गर्नुस: भनेका थिए ।

Facebook Comments Box

Share Icon