दुई किलो धुलो सुन बरामद
२८ भदौ, एजेन्सि । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा रु एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।
मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो । बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
यसअघि केरलाको कोचीन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।
Facebook Comments Box
Related posts:
भारतले प्यालेस्टाइनी जनताका लागि पठायो अत्यावश्यक मानवीय सहायता सामग्री
पाकिस्तानको चुनावी नतिजाबिच सेना प्रमुखले भने, ‘स्थिर सरकारको आवश्यकता छ’
चीनको भ्रष्टाचार उच्चः यो वर्ष दुई लाख ५८ हजार जनामाथि कारबाही
चीनले सरकारी आलोचकविरुद्ध लगाएकाे प्रतिबन्ध झन् कडा बनाउँदै
चीनसँग डब्लूएचओ प्रमुखले फेरि मागे कोरोना भाइरसको उत्पत्तिबारे जानकारी