Share Icon

काठमाडौं | हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् ।

उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी खडा भएको पाइएको हो ।

यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् ।

यी आईबीले तस्करीका सुनहरु टोखा र लाजिम्पाटमा गाल्ने गरेको खुलेको पनि जनाएको छ ।

Facebook Comments Box

Share Icon