समाज

व्यावसायिक सतुवा खेती किसानको रोजाइमा

व्यावसायिक सतुवा खेती किसानको रोजाइमा

२९ भदौ,भोजपुर । व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ । त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन…
Read More
दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

२९ भदौ,ढोरपाटन (बागलुङ)।  बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दूध उत्पादन गर्दै आउनुभएको छ । उहाँले दूध उत्पादन गरे पनि बिक्री हुँदैन । छिमेकी ब्राह्मण, क्षेत्री र मगर समुदायको दूध सहकारी तथा दूध डेरीले खरिद गरे पनि विकले उत्पादन गरेको दूध कसैले किन्दैनन् । सिम गाउँमा रहेका सात दलित परिवारले दैनिक ४० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बिक्री नहुँदा निराश बनेका छन् । गाउँमै दुग्ध सहकारी भए पनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेको उनीहरुको गुनासो छ । दूध बिक्री नभएपछि दलित समुदायका किसानले घीउ बनाउँदै आएको चन्द्रबहादुरले बताउनुभयो । दैनिक १० लिटर दूध…
Read More
धादिङबेंसीका पशु बधशाला मापदण्ड विपरीत

धादिङबेंसीका पशु बधशाला मापदण्ड विपरीत

शङ्कर श्रेष्ठ २९ भदौ,धादिङ। धादिङबेँसीका उपभोक्ताले खाने मासु काट्ने बधशाला मापदण्ड विपरीत पाइएका छन् । जिल्ला सदरमुकाम धादिङबँेसीका उपभोक्ता र मासु पसलहरुलाई लक्षित गरी सञ्चालन भइरहेका बधशाला सामान्य मापदण्डमा पनि नरहेको पाइएको हो । बिहानै बधशालाको अनुगमनमा पुगेका सरकारी टोलीले हाल बधशालामा काटिएका मासु खानयोग्य नै नरहेको बताएको छ । नीलकण्ठ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनमा पुग्नुभएका जिल्ला भेटेरिनरी अस्पतालका पशुविज्ञ डाक्टर सन्दीप सिलवाल भन्नुहुन्छ, “धादिङबेँसीका पशु बधशालाहरु बधशाला भन्न मिल्ने अवस्थामा छैनन्, ती बधशालाहरुमा काटिएको मासु स्वस्थ्य छ, खान मिल्छ भन्न सकिने अवस्था छैन ।” वडा नं ८ को कमेरेमा नमल फ्रेस हाउसको नामबाट सञ्चालन भइरहेको पशु…
Read More
बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

२९ भदौ, मलेखु । सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिनुभएको छ । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको हो भन्दै उहाँले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु हुने बताउनुभयो । शुक्रबार गृह जिल्ला धादिङ पुग्नुभएका सङ्घीय सांसद अर्यालले पत्रकार भेटघाटमा भन्नुभयो, “सरकारले चासो र ग्यारेन्टी लिन प¥यो, अनि पो जनता ढुक्क हुन्छौँ । लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ । विदेशी लगानी पनि चाहिँदैन । ” मुआब्जा…
Read More
वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी

वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी

२९ भदौ,फुङ्लिङ (ताप्लेजुङ)। विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ । वन्यजन्तुका करिब साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाउने तयारी भएको कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सालक, भालु, रतुवा मृग, घोरल र याक/चौँरीको करिब २५ दशमलव ५५१ किलोग्राम आखेटोपहार चितवन पठाइन लागिएको हो । कार्यालयका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार शून्य दशमलव ९८१ किलोग्राम सालकको खपेटा, २.३० किलोग्राम भालुको, ४.४६ किलोग्राम याक तथा चौंरीको, १३.८८ किलोग्राम रतुवा मृगको, १ दशमलव…
Read More
पर्यटकीय गन्तव्य बन्दै महेश खोला

पर्यटकीय गन्तव्य बन्दै महेश खोला

२९ भदौ,नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ मा रहेको महेश खोला पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोट–२ कालीगण्डकी चोकबाट झन्डै २० मिनेटको यात्रापछि पुग्न सकिने महेश खोलामा पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम बढ्दोे छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर (उत्तर–दक्षिण राजमार्ग)मा पर्ने यस खोलामा मूलको चिसो पानी आउँदा गर्मी छल्न मानिसहरु आउने गरेका वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । “कालीगण्डकी करिडोरमै पर्ने खोलामा शीतलता प्राप्त गर्न तथा यहाँको प्राकृतिक वातावरणमा रमाउन चितवन तथा नवलपुरबाट मानिसहरु आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सहज यातायात तथा बजारबाट नजिकै रहेकाले पनि यस क्षेत्र पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण रहेको…
Read More
अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

२९ भदौ,चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा परेका अनुचित लेनदेनसम्बन्धी निवेदनमध्ये १३ वटामा मिलापत्र भएको छ । कार्यालयका अनुसार रु ६६ लाख १४ हजार आठ सय ५० बराबरका तीन उजुरीमा मिलापत्र भएको हो । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार तीन निवेदनमा पीडित र पीडक पक्ष दुवैबीच छलफलपछि मिलापत्र भएको हो । छलफलपछि कतिपय निवेदनमा सावा मात्रै लिने र कतिपयमा चलनचल्तीको दरमा ब्याज लिने सहमति भएको छ । यस अवधिमा एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन् । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको गत जेठ १४ सम्म जिल्लामा ६० वटा उजुरी परेका थिए । जेठ १४ गतेपछि…
Read More
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

२९ भदौ,काठमाडौ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे । पीडितले कागजात पठाए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीले भन्नुभयो, “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटियो ।” उहाँका अनुसार त्यस घटनामा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साह संलग्न भएको पाइयो । उनीहरु…
Read More
सिंगामा चिस्यान गृह निर्माण

सिंगामा चिस्यान गृह निर्माण

२९ भदौ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह निर्माण गरिएको छ । कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ९० लाख विनियोजन गरिएको थियो । चिस्यान गृह निर्माणका लागि रु एक करोड ८३ लाख ४४ हजार तीन सय ७२ लागत अनुमान गरिएकामा राजेशबाबु निर्माण सेवाले रु एक करोड ५१ लख २० हजार सात सय ३८ मा निर्माण गर्ने गरी २०७९ फागुन तेस्रो साता ठेक्का सम्झौता गरेको थियो । गत असारमा यसका लागि तीन महिना म्याद थपिएको थियो । बेनी…
Read More
गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

२९ भदौ,नारायणगढ (चितवन) । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताउनुभएको हो । आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उहाँले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उहाँले जसरी भए पनि रङ्गाशाला बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो…
Read More
Page 121 of 452
1 … 119 120 121 122 123 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.