Share Icon

 

३० भदौ, काठमाडाैं। सल्यानमा घरमा सुतिरहेको अवस्थामा शुक्रबार रातिआगलागी हुँदा आमा-छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानकाे त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हाे । शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमा-छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले  जनाएकाे छ।

उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको छ ।आगलागी कसरी भयो भन्ने बारेमा  अझै खुलेको छैन । ‘प्रहरी निरिक्षकसहितको टोली घटनास्थलमा पुगेका छ । प्रारम्भिक अनुसन्धानमा हेर्दा ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीकाे  अनुमान रहेकाे छ ।

घटनाकाे बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Facebook Comments Box

Share Icon