नेसपाका अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदै
३० भदाै, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा शनिबार भारत जाँदै हुनुहुन्छ ।
नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा अध्यक्ष भट्टराई भारत जान लाग्नुभएको हो । भ्रमणका क्रममा भट्टराईले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट समेत गर्ने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार नेपालको आर्थिक विकासलगायत विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेकाे छ । भारत बसाईका क्रममा डा.भट्टराईले नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।
अध्यक्ष भट्टराईको कार्यक्रम गोवा, कर्नाटक,नयाँ दिल्ली र चण्डिगढमा केन्द्रित हुने जनाइएकाे छ ।
Facebook Comments Box







