समाज

चीनबाट पोखरा विमानस्थलमा सिधै हवाई उडान गर्ने बारेमा छलफल सकारात्मकः  प्रधानमन्त्री दाहाल

चीनबाट पोखरा विमानस्थलमा सिधै हवाई उडान गर्ने बारेमा छलफल सकारात्मकः  प्रधानमन्त्री दाहाल

१३ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताउनुभएको छ । शनिबार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताउनुभयो । उहाँले नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति…
Read More
होस्टेलमा बालकको मृत्युः आफन्तले गरे उषा स्कुलमा आगजनी

होस्टेलमा बालकको मृत्युः आफन्तले गरे उषा स्कुलमा आगजनी

१३ असाेज, काठमाडाैं । सुर्खेतमा एक निजी विद्यालयमा आगजनी भएको छ । सुर्खेतको वीरेन्द्रनगर-६ स्थित उषा बालबाटिका बोर्डिङ स्कुलको होस्टेलमा एक बालकको मृत्यु भएपछि आफन्तले विद्यालयमा आगजनी गरेका हुन् । शुक्रबार विद्यालको होस्टेलमा बसेर अध्ययन गरिरहेका बालकको शव भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् । बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । कक्षा २ मा अध्ययनरत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का ८ वर्षीय सलाम पुलामीमगर शुक्रबार साँझ साढे ४ बजे बेडरूममै झुण्डिएको अवस्था फेला परेका थिए । विद्यालयले भने यस विषयमा…
Read More
मणिपाल अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ

मणिपाल अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ

१३ असाेज,काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ परेका छन् । अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्त र पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालको भौतिक सरचना समेत तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । सोमबार नै चिकित्सकमाथि हातपातमा संग्लन विनय गुरुङ पक्राउ परेका थिए । उक्त घटनामा शुक्रबार राति थप ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। शुक्रबार पोखरा न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई…
Read More
अझै ३-४ दिनसम्म भारी वर्षा हुने

अझै ३-४ दिनसम्म भारी वर्षा हुने

१३ असाेज, काठमाडाैं । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल बंगालको खाडीको उत्तरपश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले आगामी ३-४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ । यस अवस्थामा, पहाडी भू-भागमा पहिरोको जोखिम रहेको छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न…
Read More
सुनसरीमा गाजासहित ६ जना पक्राउ

सुनसरीमा गाजासहित ६ जना पक्राउ

१३ असाेज, काठमाडौं । सुनसरीको बराहक्षेत्रबाट गाजासहित ६ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १ सय २० किलोग्राम गाजासहित उनीहरुलाई पक्राउ गरेको हो । चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट १ सय २० किलोग्राम गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले गाजा बरामद गरेको हो । भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाजा फेला परेको थियो । गाजा भारत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका अररिया बथनाहाका सवारी चालक महमद सिराज, अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा…
Read More
सोह्र श्राद्ध आजदेखि सुरू

सोह्र श्राद्ध आजदेखि सुरू

१३ असाेज,काठमाडौं । सोह्र श्राद्ध आज (शनिबार) देखि सुरू भएको छ । सोह्र श्राद्धलाई पितृ पक्ष आरम्भ भएको रुपमा लिइन्छ । सोह्र श्राद्धको पहिलो दिन नै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यो तीथिलाई सोह्र श्राद्ध भनिएको हो । चाडपर्व तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धमा…
Read More
साफ यू-१९ फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने  

साफ यू-१९ फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने  

१३ असाेज,काठमाडौं । यू–१९ साफ च्याम्पियनसिप उपाधिका लागि शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएकाे छ । खेल काठमाडौंको दशरथ रंगशालामा शनिबारअपराह्न साढे ५ बजे हुने भएकाे हाे । दुवै टिमले ‘सडन डेथ’को सहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् । सेमिफाइनलमा पाकिस्तानले भुटान र भारतले नेपाललाई पराजित गर्दैफाइनल प्रवेश गरेका थिए । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो । दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दावी गरेका छन् ।
Read More
चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न निर्देशन

चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारबाही गर्न निर्देशन

१२ असाेज, काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । नियन्त्रणमा लिएर कारबाही गर्न समितिले निर्देशन गर्छ, पहल स्वास्थ मन्त्रालयले गर्छ, माइतीघरमा होइन, अस्पतालमा फर्कन आह्वान गर्नुपर्छ, समिति सभापति भानुभक्त जोशीले बताउनुभयाे । वार्ताबाट सहमति खोज्न पनि आन्दोलित चिकित्सक र सरकारलाई समितिले आग्रह गरेको छ । भयरहित र हिंसारहित वातावरणमा काम गर्ने वातावरण बनाउन स्वास्थ मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।
Read More
एशियाली खेलकुदमा नेपालको कमजोर प्रदर्शन

एशियाली खेलकुदमा नेपालको कमजोर प्रदर्शन

१२ असाेज, काठमाडौं । चीनको ह्याङचाउमा जारी १९ औं एशियाली खेलकुदमा नेपालको फितलो प्रदर्शन जारी रहेकाे छ । २ सय ५३ खेलाडी पठाएको नेपालले प्रतियोगिताको ११ औं दिनसम्म पदक जित्न सकेको छैन । केही खेलाडीको क्वाटरफाइनलसम्मको यात्रालाई प्रतियोगितामा नेपालको अहिलेसम्मको सफलता मान्नु परेको छ । पदकको आशा गरिएका बक्सीङ र तेक्वान्दो जस्ता खेलमा नेपाल निराश हुनुपरेको छ । टिम गेमतर्फ पनि नेपालको प्रदर्शन बिर्सनलायक रहेको छ । एशियाका ४५ देशले सहभागिता जनाएको एशियाडमा बिहीबारसम्म ३३ राष्ट्रले पदक जितिसकेका छन् । तालिकामा ९० स्वर्ण पदकसहित चीन अग्र स्थानमा रहेको छ । २४ स्वर्ण पदक जितेको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा तेस्रो…
Read More
अस्पतालमा चिकित्सकको सुरक्षाका लागि सुरक्षाकर्मी राख्नेः मन्त्री बस्नेत

अस्पतालमा चिकित्सकको सुरक्षाका लागि सुरक्षाकर्मी राख्नेः मन्त्री बस्नेत

१२ असाेज,काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताउनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरी असुरक्षित ठानिएका अस्पतालहरूमा बढीमा ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय भएको उहाँले बताउनुभएकाे हाे । समिति बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीकाे बारेमा जानकारी गराउनुभएको थियो ।
Read More
Page 108 of 452
1 … 106 107 108 109 110 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.