अझै ३-४ दिनसम्म भारी वर्षा हुने

Share Icon

१३ असाेज, काठमाडाैं । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

हाल बंगालको खाडीको उत्तरपश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले आगामी ३-४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

यस अवस्थामा, पहाडी भू-भागमा पहिरोको जोखिम रहेको छ । ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना भएको तथा बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेकाे छ।

महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको पनि जनाएकाे छ । यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने पनि महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.