Share Icon

१३ असाेज, काठमाडाैं । सुर्खेतमा एक निजी विद्यालयमा आगजनी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर-६ स्थित उषा बालबाटिका बोर्डिङ स्कुलको होस्टेलमा एक बालकको मृत्यु भएपछि आफन्तले विद्यालयमा आगजनी गरेका हुन् ।

शुक्रबार विद्यालको होस्टेलमा बसेर अध्ययन गरिरहेका बालकको शव भुण्डिएको अवस्थामा फेला परेपछि आफन्त आन्दोलित बनेका हुन् ।

बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

कक्षा २ मा अध्ययनरत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का ८ वर्षीय सलाम पुलामीमगर शुक्रबार साँझ साढे ४ बजे बेडरूममै झुण्डिएको अवस्था फेला परेका थिए ।

विद्यालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

Facebook Comments Box

Share Icon